नर्स, शिक्षक र सोसल वर्करमा डिग्री अध्ययन गर्नेलाई सरकारले सहयोग दिने
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः3 months ago

सिड्नी । अस्ट्रेलियाको संघीय सरकारले नर्स, शिक्षक र सोसल वर्क विधामा डिग्री अध्ययन गर्ने विद्यार्थीका लागि साप्ताहिक रुपमा सहयोग प्रदान गर्ने घोषणा गरेको छ ।

नयाँ बजेट ल्याउने तयारीमा रहेको एन्थोनी एलबनिजी नेतृत्वको सरकारले यी तीन विधामा अध्ययनरत विद्यार्थीहरुले डिग्री हासिल गर्नका लागि गर्नुपर्ने अनिवार्य पेलेप्मेन्ट अवधीभर साप्ताहिक ३ सय १९ डलर सहयोग दिने जनाएको छ । यो योजना अर्को बर्ष अर्थात सन् २०२५ को जुलाईबाट लागु हुनेछ । अस्ट्रेलियामा डिग्री हासिल गर्नका लागि नर्सहरुले २० हप्ता, शिक्षकहरुले १६ हप्ता र सोसल वर्करहरुले २६ घण्टा निशुल्क पेलेस्मेन्ट गर्नुपर्दछ ।

सरकारले सोही अवधीभर सहयोग दिने घोषणाले युर्निभसिटी र विद्यार्थीहरु उत्साहित भएका छन् । केहि विद्याथीहरुले भने एक बर्षपछि नभई आगामी जुलाई १ बाटै यो कार्यक्रम लागु गनुपर्ने बताउन थालेका छन् । प्रधानमन्त्री एलबनिजीले भविश्यमा आवश्यक जनशक्ति उत्पादन गर्ने योजना अनुसार नै तीन वटा विद्यामा अध्ययनरत विद्यार्थीहरुलाई सहयोग घोषणा गरिएको बताएका छन् ।

(Visited 37 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services