महिला हिंसा रोक्ने अस्ट्रेलिया एक मिलियन डलर खर्च गर्ने
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः1 week ago

सिड्नी । अस्ट्रेलियाले पछिल्लो चार महिनामा २७ जना महिलाको हत्या भएपछि महिला सशक्तिकरणको क्षेत्रमा ठुलो रकम खर्च गर्ने घोषणा गरेको छ ।

महिला हिंसा र हत्याका घटना बढेपछि सरकार माथि प्रभावकारी कदम चाल्नुपर्ने दबाब बढेको बेला प्रधानमन्त्री एन्थोनी एलबनिजीले आब्हान गरेको आकस्मिक मन्त्रीपरिषद् वैठकले करिब एक मिलियन डलर खर्च गर्ने कार्यक्रम सार्वज्निक गरेका हुन् । महिला हिँसा रोकथामलाई पहिलो प्राथामिकता दिदै त्यस्ता हिँसामा परेका महिला तथा पुरुषलाई आकस्मिक सहयोगका लागि ५ हजार डलर उपलब्ध गराउने र उनीहरुलाई सहायता संयन्त्रमा जोडिने उल्लेख छ ।

सहायता स्वयमसेवकहरुको सँख्या बढाएर २ सय भन्दा माथि पु¥याईने जनाईएको छ । त्यस्तै, बालबालिकाहरुलाई यौनजन्य भिडियो, फोटो तथा अन्य अनलाईन सिरियलहरुमा पहुँच नदिने उल्लेख गरिएको छ । महिला लक्षित आक्रमण र हिंसात्मक गतिविधीहरु बढ्नु दुखद् भएको भन्दै प्रधानमन्त्री एलबनिजीले यतिबेला राष्ट्रिय सहकार्य आवश्यक रहेको बताएका छन् ।

(Visited 10 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services