इनर्जी बिलमा संघीय र राज्य सरकारको राहत प्याकेज, कसरी लिने फाइदा ?
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः1 week ago

सिड्नी । चर्को महँगीको सामना गरिरहेका सिड्नीबासीलाई संघीय र राज्य सरकारले एकपटकलाई ६ सय ८० डलरसम्म राहत दिने भएको छ । इनर्जी बिल मार्फत न्यू साउथ बेल्स राज्यमा बस्ने परिवारलाई उक्त रकम दिन सकिने बताईएको छ ।

राज्य सरकारले, यसअघि फेमिली ट्याक्स बेनिफिट प्राप्त गरेका परिवारलाई १ सय ८० डलर इनर्जी बिल उपलब्ध गराउने र उक्त रकम प्राप्त गर्ने परिवारले संघीय सरकारले सन् २०२३/२४ मा घोषणा गरेको नेशनल इनर्जी बिल रिलिफ हाउसहोल्ड पेमेन्ट कार्यक्रम मार्फत थप ५ सय डलर दाबी गर्न सकिने उल्लेख गरिएको छ । त्यसका लागि आफ्नो नाममा इनर्जी बिल हुनुपर्ने, १४ बर्ष भन्दा मुनिको कुनै एक बालबालिका घरमा हुनुपर्ने लगायतका शर्तहरु रहेका छन् ।

सरकारले चौतर्फी महँगीको मारमा रहेका सर्वसाधारणलाई यस्ता कार्यक्रमलाई राहत दिने दाबी गरेको छ । राज्य सरकारले जुन १६ तारिख पछि उक्त कार्यक्रमका लागि आवेदन लिन नसक्ने भएकाले तत्काल आवेदन दिन सार्वजनिक आब्हान गरेको छ ।

(Visited 13 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services