अस्ट्रेलियाले नयाँ बजेट ल्याउदै, कर नीतिलाई सबैलाई राहत
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः2 weeks ago

सिड्नी । अस्ट्रेलियाको संघीय सरकारले आगामी जुलाईबाट नयाँ आर्थिक बर्ष सन् २०२४/२५का लागि बजेट कार्यान्वयन गर्दैछ । त्यसका लागि सरकारका अर्थमन्त्री जिम चाल्र्मरले मे १४ मा बजेट घोषणा गर्ने कार्यतालिका छ ।

यसपटक सरकारको बजेट महँगीले आक्रान्त अस्ट्रेलियाबासीको जनजीवनलाई राहत दिनेमा केन्द्रित हुने सरकारी अधिकारीहरुले जनाएका छन् । महँगीका बीच राहतको प्याकेज भन्दै सरकारले यसअघि नै थ्री स्टेज ट्याक्स कटको नीति कार्यान्वयनमा ल्याउने घोषणा गरिसकेको छ । उक्त नीतिले तल्लो तथा मध्यम आय भएकाहरुलाई प्रत्यक्ष फाइदा पुग्ने देखिएको छ ।

समग्रमा ७३ हजार डलरभन्दा मुनि बार्षिक आम्दानी भएका करदाताहरुले यससपटक थप १५ सय डलर ट्याक्स रिर्टन पाउनेछन् । सरकारीको यहि नीतिले विशेष गरि अन्तराष्ट्रिय विद्यार्थीहरु प्रत्यक्ष रुपमा लाभाविन्त हुनेछन् । सरकारले यसका साथै महिलाहरुका लागि सुत्केरी बिदामा बस्दा समेत सञ्जयकोषको व्यवस्था गर्ने र यस्तो बिदाको अवधी २२ हप्ताबाट २४ हप्तामा पु¥याउने नीतिलाई कार्यान्वयन गर्नेछ । त्यस्तै,आम सर्वसाधारणलाई लक्षित गर्दै विजुली बिलमा समेत छुट दिने सरकारी तयारी रहेको छ ।

(Visited 18 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services