अस्ट्रेलियामा महिलामाथि आक्रमण बढ्दो, चार महिनामा २७ को हत्या
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः2 weeks ago

सिड्नी । अस्ट्रेलियामा पछिल्लो १ सय २० दिनमा २७ जना महिलाको हत्या भएपछि महिला अधिकारका पक्षमा थप सशक्त कानुन ल्याउनुपर्ने दबाब बढेको छ । घरेलु हिसा, सामुहिक हत्या जस्ता कारणबाट सन् २०२४ पहिलो चार महिनामा उक्त सँख्यामा महिलाहरु मारिएको यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् ।

महिलामाथि हत्या र हिँसाका घटना अस्वभाविक रुपमा बढेपछि सरोकारावालाहरुले संघीय संसद् भवन देखि विभिन्न स्थानमा दबाबमुलक ¥याली, सभा र सचेतनामुलक कार्यक्रम आयोजना गरेका छन् । सञ्चारमाध्यमहरुका अनुसार, न्यु साउथ बेल्स राज्यमा सबैभन्दा धेरै महिलाको हत्या भएको छ ।

तीन हप्ताअघि सिड्नीको एक सपिङ मलमा एक व्यक्तिले अन्धाधुन्ध छुरा प्रहारबाट मारिने ६ मध्ये पाँच जना महिला रहेका थिए । एनएसडब्लुपछि भिक्टोरिया, क्वीन्सल्याण्ड, तास्मानिया लगायतका राज्यमा पनि महिला हिसा र हत्याका घटनाहरु बढेका छन् । यसैबीच, महिला माथि आक्रमण नरोकिएपछि प्रधानमन्त्री एन्थोनी एलबनिजीले यसै हप्ता आकस्मिक मन्त्रीपरिषद्को वैठक आब्हान गरेका छन् ।

(Visited 18 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services