हङकङ र युरोपका विद्यार्थीलाई काखा, अरुलाई पाखा
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः2 weeks ago

सिड्नी । अस्ट्रेलियाले आगामी जुलाई १ बाट कार्यान्वयन गर्ने घोषणा गरेको अस्यायी वशोवाश अनुमति टिआरको आवेदन दिने उमेर हद अन्यायपूर्ण भएको भन्दै सरोकारवालाहरुले आपत्ति जनाउन थालेका छन् ।

अन्तराष्ट्रिय विद्यार्थीका लागि एकपछि अर्को कठिनाईपूर्ण नियमहरु कार्यान्वयन गरेको अस्ट्रेलियाको गृह मामिलासम्बन्धि विभागले गत बिहीबार सुचना जारी गर्दै टेम्पोररी ग्राजुएट भिषा (टिआर)को आवेदन दिने उमेर हद ५० बाट ३५ र भिषा अवधी ३ बर्षबाट दुई बर्षमा घटाईएको जानकारी गराएको थियो । तर, यी दुई परिर्वन, हङकङ र युरोपियन देशका विद्यार्थीहरुलाई लागु नहुने स्पष्ट पारेको छ । सरोकारावालहरुले सोही नीतिले अन्तराष्ट्रिय विद्यार्थीहरुलाई विभाजन गर्ने भन्दै सच्याउनु पर्ने बताएका छन् ।

अस्ट्रेलियाका उच्च शिक्षा एलाइन्स लगायतका संघसंस्थाले सरकारी कदमको आलोचना गरेका छन् । सरकारको पछिल्लो घोषणाले हजारौँ विद्यार्थीहरु प्रभावित हुने देखिएको छ । सरकारी तथ्यांक अनुसार, करिब १२ हजार हङकङ विद्यार्थीहरु अस्ट्रेलियामा अध्ययनरत छन् भने युरोपियन देशका विद्यार्थीहरु बढ्दै गएका छन् । भारत र अस्ट्रेलियाबीच भएको व्यापार सम्झौताका कारण भारतीय विद्यार्थीहरुले भने टिआर भिषा २ बर्षको सट्टा तीन बर्ष नै पाउने बताईएको छ ।

(Visited 29 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services