मेलवर्नमा घर र कोठाको मुल्य निरन्तर ओरालो
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः2 years ago

सिड्नी । यदि तपाँई अस्ट्रेलियाको प्रमुख शहर मेलर्वनमा कोठा भाडामा खोज्दै हुनुहुन्छ अथवा घर किन्ने योजनामा हुनुहुन्छ भने, तपाँईका लागि खुशीको खबर छ । घर जग्गा सम्बन्धि तथ्यांक प्रस्तुत गर्ने डोमिन डटकमले हालै सार्वजनिक गरेको पछिल्लो तीन महिनाको तथ्यांकमा अस्ट्रेलियाका सात वटा राज्यका राजधानी मध्ये भिक्टोरिया राज्यको राजधानी समेत पर्ने मेलर्वनमा घरको मुल्य निरन्तर घटिरहेको देखाएको छ ।

मेलर्वनमा अहिले पनि अन्य शहरहरु भन्दा घर र कोठाको भाडा तुलनात्मक रुपमा सस्तो रहेको छ । तथ्यांक अनुसार, मेलर्वनमा औषत घरको मुल्य एक मिलियन डलरको हाराहारीमा छ, जुन अघिल्लो त्रैमासिक भन्दा १.५ प्रतिशतले कमी हो । यही अवधीम एडिलेडमा सबैभन्दा धेरै ३.४ प्रतिशतले मुल्य बढेको छ । त्यस्तै, सिड्नीमा २.१, बिस्रबेनमा १.६, पर्थमा १.५ र क्यानवेरामा ०.९ प्रतिशतले बृद्धि भएको छ ।

मेलर्वनसँगै डार्विनको मुल्य पनि ओरालो लागेको छ । तथ्यांक अनुसार, औषत घरको मुल्य सिड्नीमा सबैभन्दा महँगो रहेको छ भने डार्विन सबैभन्दा सस्तो रहेको उल्लेख छ । पछिल्लो समय देखिएको अस्थिर व्याजदर र सर्वसाधारणमा घर किन्ने क्षमतामा ह्रास आएका कारण मेलर्वन र डार्विनमा मुल्य घट्दै गएको अर्थविज्ञहरुले जनाएका छन् ।

(Visited 84 times, 1 visits today)

थप पोष्टहरु

© 2025  All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By:  HK Web Services