एक बर्षमा १२ हजार नेपालीले पाए अस्ट्रेलियाको पिआर
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः2 weeks ago

सिड्नी । अस्ट्रेलियामा सन् २०२२/२३ को आर्थिक बर्षमा १२ हजार ४१ नेपालले स्थायी वशोवाश अनुमति (पिआर) प्राप्त गरेका छन् । गृहमामिला सम्बन्धि मन्त्रालयले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार, सरकारले तोकेको विभिन्न सेक्टरबाट उक्त सँख्यामा नेपालीहरुले पिआर प्राप्त गर्न सफल भएका हुन् ।

तथ्यांक अनुसार, २७ सय ६३ जनाले स्किलफुल इन्डीपेन्डेन्ट, ३३ सय ६७ ले स्टेट नोमिनेशन, ७ सय ६१ जनाले इमपोएर स्पोन्सरसीप र ६ सय ७५ जनाले परिवार पृष्ठभुमिबाट पिआर प्राप्त गरेका छन् । पिआर पाउनेमा सबैभन्दा बढी नर्सहरु छन् । उनीहरुको सँख्या २५ सय ५८ छन् त्यसपछि अकाउन्टेन्टहरु छन्, उनीहरुको सँख्या १२ सय ४६ छन् ।

त्यस्तै, सेफ तथा कुक मार्फत पनि ६ सय भन्दा बढीले पिआर प्राप्त गरेको बताईएको छ । यससँगै अस्ट्रेलियामा पिआर प्राप्त नेपालीको सँख्या एक लाख ५१ हजार १ सय ४० पुगेको गृहमन्त्रालयले जनाएको छ । सन् २०१२ मा ३० हजार मात्र रहेको नेपालीका सँख्या १० बर्षको अवधीमा पाँच गुणाले बृद्धि भएको देखिएको छ ।

(Visited 34 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services