अस्ट्रेलिया आउने विद्यार्थी दश बर्ष यताकै न्यून
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः2 weeks ago

सिड्नी । अस्ट्रेलियाको संघीय सरकारले जारी गरेको कडा आप्रवासी नीतिका कारण अस्ट्रेलिया आउने विद्यार्थीको सँख्या दश बर्ष यताकै न्यून देखिएको छ । मार्च महिनामा ४६ हजार ५ सय ७० विद्यार्थी मात्र अस्ट्रेलिया आउन सफल भएको इमिग्रेशन विभागलाई उदृत गर्दै फाइनान्स रिभ्युले जनाएको छ ।

यो सँख्या दशबर्ष यताकै न्यून रहेको भन्दै रिभ्युले सोही अवधीमा अस्ट्रेलिया छोडेर जाने विद्यार्थी सँख्या भने पाँच बर्ष यताकै उच्च भएको उल्लेख गरिएको छ । समयै भिषा प्राप्त गर्न नसकेका र विभिन्न कारणले भिषा रद्द हुँदा मार्च महिना मात्रै ३९ हजार बढी विद्यार्थीले अस्ट्रेलिया छोडेर जानुपरेको तथ्यांकमा उल्लेख गरिएको छ । यसरी जानेमा भारत, पाकिस्तान र नेपालका विद्यार्थी सबैभन्दा बढी रहेका छन् ।

६ महिना यता अस्ट्रेलियाले विद्यार्थी भिषामा थुप्रै परिर्वतन गर्दै कडाई गरिरहेको छ । कडा प्रावधानका कारण अन्तराष्ट्रिय विद्यार्थीहरुले अस्ट्रेलियाको स्थानमा अन्य सहज व्यवस्था भएका मुलुकहरु रोज्न थालेका छन् । अस्ट्रेलियाका शैक्षिक सरोकारवालाहरुले सरकारी नीतिले उच्च शिक्षा क्षेत्रमा ठुलो आर्थिक चुनौती थपिएको बताएका छन् । यो अवधीमा लाखौँ डलर गुमाइसकेको भन्दै अधिकाँश युर्निभर्सिटी तथा कलेजहरुले अन्तराष्ट्रिय विद्यार्थीहरुलाई अफर लेटर उपलब्ध गराउने नीतिमा पुर्नविचार गरिरहेको जनाएका छन् ।

(Visited 26 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services