सिड्नीमा थप एक लाख ६० हजार घर बनाइने
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः2 weeks ago

सिड्नी । न्यू साउथ बेल्स राज्यका प्रिमियर अर्थात मुख्यमन्त्री क्रिश मिन्सले सिड्नीको ६ वटा ट्रेन स्टेशन आसपासमा थप १ लाख ६० हजार घर निर्माण गर्ने घोषणा गरेका छन् । सिड्नीमा घर र कोठाको चरम अभाव भइरहेको सन्र्दभमा मुख्यमन्त्री मिन्सले स्थानीय काउन्सिलहरुसँग मिलेर टेन स्टेशन नजिक अर्पाटमेन्ट निर्माण गरिने र त्यसलाई प्रयोग ल्याईने जानकारी दिएका हुन् ।

सिड्नीमा एकबर्ष यता घर र कोठाको अभाव चर्किँदा मुल्य आकाशिएको छ भने युवा पुस्ता विस्तारै अन्य राज्यहरुमा बसाई सर्न थालेका छन् । मुख्यमन्त्री मिन्सले सिड्नीको भविश्य युवा पुस्ताको हातमा रहेको भन्दै समयमै घर र कोठाको व्यवस्थापन गर्न नसके बसाई सर्ने क्रम तीब्र हुने समेत जनाएका छन् । रकडेल, बेलमोर, इलावारा, सिड्नी सिवीडि लगायतका स्थानमा अर्पाटमेन्ट निर्माणलाई तीब्रता दिईने उनले जानकारी दिएका छन् । सिड्नीमा कोठाको चरम अभाब हुँदा खाशगरि अन्तराष्ट्रिय विद्यार्थीहरु बढी मारमा परेका छन् ।

औषत प्रतिहप्ता ७ सय ५० डलर भाडामा समेत कोठा पाउन सकस भइरहेको छ । एक अध्ययनका अनुसार, सिड्नी, क्यानवेरा, ब्रिसवेन, होर्बाट, पर्थ, एडिलेड लगायतका शहरमा घर र कोठाको मुल्य अत्यधिक महँगो छन् भने मेलर्वन लगायतका शहर भने तुलनात्मक रुपमा सस्तो देखिएको छ ।

(Visited 17 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services