अस्ट्रेलियामा जुलाईबाट कामदारको तलब बढाउने गृहकार्य
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः2 weeks ago

सिड्नी । अस्ट्रेलियामा आगामी जुलाईबाट कामदारको तलब फेरि बढाउने गृहकार्य थालिएको छ । बढ्दो महँगीका कारण सर्वसाधारणको बचत क्षमतामा ह्रास आइरहेको सन्र्दभमा कामदारको हकहित र तबल निर्धारण गर्ने फेयर वर्क कमिशनले आवश्यक गृहकार्य थालेको यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् । फेयर वर्कले महँगी तथा विगतको तलबबृद्धिको आधारमा सरकारलाई नयाँ तलबमानको सिफारिश गर्ने गर्दछ ।

सञ्चारमाध्यमहरुका अनुसार, फेयर वर्क कमिशनले कम्तिमा १० प्रतिशत तलब बृद्धिको तयारी गरेपनि नीजि क्षेत्रले भने उक्त रकम धेरै हुने भन्दै पुनःविर्चार गर्न आग्रह गरेका छन् । यसपटक स्वास्थ्य क्षेत्रसँगै निर्माणका क्षेत्रमा भारी मात्रामा तलब बृद्धिको अनुमान गरिएको छ । निर्माण क्षेत्रमा पछिल्लो समय दक्ष कामदारको अभाब बढ्दै गइरहेको छ ।

अहिले अस्ट्रेलियामा न्यूनतम तलब २३.२३ डलर प्रतिघण्टा रहेको छ भने औषत तलब ३५ डलर प्रतिघण्टा रहेको छ । जुलाई देखि नयाँ कर नीतिका कारण कर दाताहरुले विगतको भन्दा बढी ट्याक्स रिर्टन पाउने र तलब समेत बढ्ने हुँदा बढ्दो महँगीको सामना गर्न सकिने अर्थविदहरुले बताएका छन् । सरकारले भने नयाँ कर नीतिले सर्वसाधारणलाई ठुलो राहत पुग्ने बताउदै आएको छ ।

(Visited 24 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services