अन्तराष्ट्रिय विद्यार्थीबाट अस्ट्रेलियालाई बार्षिक ५० बिलियन डलर आम्दानी
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः3 weeks ago

सिड्नी । अस्ट्रेलियाले अन्तराष्ट्रिय विद्यार्थीबाट बर्षेनी अर्बौ डलर आम्दानी गर्दै आएको छ । विश्वभरबाट उच्च शिक्षा अध्ययनका लागि आउने विद्यार्थीहरुबाट सन् २०२३ मा करिब ५० बिलियन डलर आम्दानी गरेको सरकारी तथ्यांक रहेको छ ।

इन्टरनेशन एजुकेशनलाई एउटा उद्योगको रुपमा अघि बढाएको अस्ट्रेलियाले देशभर रहेका कलेज तथा युनिर्भसिटीमा विभिन्न विधामा अध्ययनका लागि आउने विद्यार्थीबाट उक्त आम्दानी गरेको जनाएको छ । अस्ट्रेलियाका लागि इन्टरनेशन एजुकेशन चौथो ठुलो अन्तराष्ट्रिय आम्दानीको स्रोत बनेको छ । कोइला, आइरन र प्राकृतिक ग्यास पछि अस्ट्रेलियाले अन्तराष्ट्रिय विद्यार्थीहरुबाट सबैभन्दा धेरै आम्दानी गर्ने गर्दछ । सरकारले पछिल्लो समय अन्तराष्ट्रिय विद्यार्थीको भिषा आबेदन धमाधम अस्वीकृत गरेपछि सन् २०२४ मा आम्दानीको आकार भने घट्ने पक्का भएको छ ।

पछिल्लो तीन महिनामा मात्रै सरकारले विभिन्न मुलुकका ५० हजार भन्दा बढी विद्यार्थी भिषा आवेदन अस्वीकृत गरेको जनाएको छ । उच्च शिक्षा अध्ययन गर्नका लागि चीनबाट सबैभन्दा धेरै विद्यार्थी आउने गरेका छन् भने, त्यसपछि, भारत, नेपाल, बाज्रिल, फिलिपिन्स लगायतका मुलुक रहेका छन् ।

(Visited 10 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services