अस्ट्रेलियामा एज्ड केयर क्षेत्रका कामदारको तलब बढ्यो
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः4 months ago

सिड्नी । अस्ट्रेलियामा एज्ड केयर अर्थात बृद्धबृद्धा स्याहारसुसार केन्द्रमा काम गर्ने कामदारहरुको तलब ६ देखि २८ प्रतिशतसम्म बृद्धि भएको छ । एज्ड केयर जस्तो संवेदनशील क्षेत्रलाई राज्यले लामो समयदेखि अवमुल्यन गरेको भन्दै कामदारहरु सन् २०२० देखि चरणबद्ध आन्दोलनमा उत्रिएका थिए ।

कामदारको हकहित र ज्याला निर्धारण गर्ने फेयर वर्क कमिशनले शुक्रबार ऐतिहासिक निर्णय लिर्दै भारी मात्रामा तलबबृद्धि गरेको जनाएको छ । निर्णय अनुसार, पर्सन केयरको तलब १८ देखि २८ प्रतिशत, होम केयरको १५ देखि २६ प्रतिशत र सर्पोट केयरको भने छ प्रतिशत तलबबृद्धि भएको छ । एज्ड केयर क्षेत्रका कामदारहरुले यसलाई स्वर्णिम दिनको संज्ञा दिएका छन् ।

ठुलो सँख्यामा नेपाली समुदायका विद्यार्थीहरु पनि एज्ड केयर क्षेत्रमा कार्यरत छन् । भारी मात्रामा भएको तलबबृद्धिले उक्त क्षेत्रले सामना गरिरहेको दक्ष जनशक्तिको अभाब पनि पुर्ति हुने विश्वास लिएको छ । अब एज्ड केयर क्षेत्रका कामदारले प्रतिघण्टा कम्तिमा २७ डलर देखि ६० डलरसम्म प्राप्त गर्नसक्ने बताईएको छ । पछिल्लो तलबबृद्धिले अस्ट्रेलियाभर ४ लाख कामदार प्रत्यक्ष रुपमा लाभाविन्त हुने यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् ।

(Visited 29 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services