कोठाको अभाव टार्न रिजनल हाउजिङमा लगानी बढाउँदै अस्ट्रेलिया
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः4 months ago

सिड्नी । अस्ट्रेलियाको संघीय सरकारले घर र कोठाको चरम अभाब पुर्ति गर्न ग्राणि भेगमा घर निर्माणका लागि ठुलो रकम लगानी गर्ने घोषणा गरेको छ । आगामी पाँच बर्ष भित्र १२ लाख नयाँ घरहरु बनाउने संकल्प लिएको वर्तमान सरकारले नर्दन टेरोटरिको ग्रामिण भेगमा घर निर्माणका लागि मंगलबार, ४ बिलियन बजेटको घोषणा गरेको हो ।

लगानी प्याकेज घोषणा गर्दैै प्रधानमन्त्री एन्थोनी एलबनिजीले ग्रामिण भेगमा गरिएको खर्चले सर्वसाधारणको जीवनस्तर माथि उठ्ने विश्वास व्यक्त गरेका छन् । आदीबासी जनजातिको बाहुल्य वशोवाश रहेको उक्त ग्रामिण क्षेत्रमा संघीय सरकारले राज्य सरकारसँग सहकार्य गरेर परियोजना सञ्चालन गर्ने जनाईएको छ । अन्तराष्ट्रिय विद्यार्थीहरुलाई रिजनल जानुपर्ने नियमलाई कडाईका साथ लागु गर्ने तयारी गरिरहेको सरकारले ग्रामिण भेगमा घर तथा हाउजिङ निर्माणलाई पनि तीब्रता दिएको छ ।

बजार क्षेत्रमा अत्यधिक चापका कारण अहिले अन्तराष्ट्रिय विद्यार्थीहरुले कोठा पाउन सकिरहेका छैनन् । सरकारी घोषणाले आदीबासी समुदायको थप उत्थान हुने र ग्रामिण अर्थतन्त्र चलायमान हुने सरोकारवालाहरुको भनाई छ ।

(Visited 19 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services