अब अस्ट्रेलियामा पारिवारिक बिदामा बस्ने महिलालाई ‘सुपर’को सुविधा
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः5 months ago

सिड्नी । अस्ट्रेलियामा पारिवारिक बिदामा बस्ने महिलाले समेत ‘सञ्चयकोष’ अर्थात सुपरयानुएशन पाउने भएको छ । संघीय सरकारले महिला र पुरुष बीचको पारिश्रामिक भिन्नता कम गर्न प्यारेन्टल लिभमा बस्ने महिलालाई सुपरयानुएशनको व्यवस्था गर्न लागेको जनाएको छ ।

अहिलेसम्म पारिवारिक बिदामा बस्ने महिलाले २० हप्तासम्म प्रतिहप्ता ८ सय ८२ डलर पाउँदै आएपनि सुपरयानुएशन भने समावेश थिएन् । महिला मन्त्रालय अन्र्तगत महिलाको आर्थिक समानता सम्बन्धि विशेष कार्यदलको अध्ययन प्रतिवेदनका आधारमा सरकारले संसद्मा दर्ता गरेको यो प्रस्ताब सन् २०२५ को जुलाईबाट कार्यान्वयनमा आउने जनाईएको छ । प्रस्ताबमा महिलाले पाउने पारिवारिक बिदालाई २० हप्ताबाट सन् २०२६ सम्म २६ हप्तामा पु¥याउने उल्लेख गरिएको छ ।

महिला मामिला मन्त्री केटी गल्लघरले महिलालाई आर्थिक रुपमा थप सशक्त बनाउन, उक्त प्रस्ताबले ऐतिहासिक भुमिका खेल्ने बताएकी छन् । ‘अहिले पनि अस्ट्रेलियामा जेन्डर पे ग्याप निकै ठुलो चुनौतीका रुपमा रहेका छन्, यस्ता प्रयासहरुले महिलालाई आर्थिक सुनिश्चितता प्रदान गर्दछ’, उनले प्रेस विज्ञप्ति जारी गर्दै भनेकी छन् । सरकारी दाबीका अनुसार, यस प्रस्ताबले बार्षिक लाखौँ महिलाहरु प्रत्यक्ष रुपमा लाभाविन्त हुनेछन् ।

(Visited 34 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services