
सिड्नी । अस्ट्रेलियाका उच्च शिक्षा क्षेत्रका सरोकारवालाहरुले अन्तराष्ट्रिय विद्यार्थीको प्रवेशमा कडाई हुँदा शैक्षिक क्षेत्रमा ठुलो समस्या देखिएको बताएका छन् । विश्वविद्यालय तथा क्याम्पस एलान्स्, माइग्रेसन एशोसिएशन तथा एक्सपर्टहरुले सरकारी नीतिले योग्य विद्यार्थीहरु समेत अस्ट्रेलिया आउन नपाएको जनाएका छन् ।
अस्ट्रेलियाका १६ वटा विश्वविद्यालयले गृहमन्त्रीलाई पत्र लेख्दै आफ्नो समस्या अवगत गराएको केहि समयपछि नै शैक्षिक सरोकारवाला तथा माइग्रेशन एक्सपर्टहरुले ‘आप्रवासी नीतिलाई अन्यायपूर्ण’ भनेका छन् । सिड्नी युनिर्भसिटीकी प्रवक्ताले आफ्नो विश्वविद्यालयमा आउन चाहाने थुप्रै देशका विद्यार्थीहरु आउन नपाउँदा, शैक्षिक क्यालेन्डर नै प्रभावित हुने डर बढेको बताएकी छन् । त्यस्तै, माइग्रेशन एक्पर्ट अबुल रिजभीले भनेका छन्, ‘सरकारको यो नीति अस्थिर खालको छ, त्यसैले लामो समयका लागि उपयुक्त हुदैन् ।’
सरकारले गत डिसेम्बरमा कडा आप्रवासी नीति जारी गरेपछि अहिले अन्तराष्ट्रिय विद्यार्थीको भिषा आवेदन अस्वीकृत दर २० प्रतिशत पुगेको छ । नेपाल, भारत, पाकिस्ता, बंगलादेशका अतिरिक्त कोलम्बिया, ब्राजिल लगायका देशका विद्यार्थीको भिषा अस्वीकृत दर पनि ह्वात्तै बढेको विज्ञहरुले बताएका छन् । अत्यधिक आप्रवासीका कारण हाउजिङ क्राइसिस देखि शिक्षा, स्वास्थ्य र यातायातका भौतिक संरचनाको निर्माणमा दबाब पुगेको भन्दै सरकारले बार्षिक ३ लाख २० हजार मात्रै आप्रवासी भित्र्याउने लक्ष्य लिएको छ ।
© 2025 All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By: HK Web Services