के अस्ट्रेलियाले नेपाली कलाकारलाई सहजै भिषा दिन थालेको हो ?
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः5 months ago

सिड्नी । पछिल्लो समय नेपाली कलाकारहरु धमाधम अस्ट्रेलिया आउन थालेका छन् । नेपाली विद्यार्थीहरुले भिषा पाउन सकस भइरहेको बेला कलाकाहरुलाले भने सहजै भिषा पाउन सफल भएका छन् ।

अस्ट्रेलियाको विभिन्न शहरमा फरक–फरक अवसरमा आयोजित साँगेतिक कार्यक्रममा सहभागि हुन कालकारहरुको लर्को लाग्न थालेको हो । गायक नितेशजँग कुवंरले आफ्नो प्रेमिका एवम् गायिका समृद्धि राईसँग सिड्नी, क्यानवेरा लगायतका शहरमा आफ्नो साँगेतिक प्रस्तुती दिइसकेका छन् भने अन्य शहरहरुमा पनि कार्यक्रमको तयारी गरिरहेका छन् ।

सिड्नीमा आयोजित एक कार्यक्रममा उनले समृद्धिसँगको प्रेमसम्बन्ध सार्वजनिक रुपमा स्वीकार गरेका थिए । त्यस्तै, राखु समाज अस्ट्रेलियाले आयोजना गर्ने शिवरात्री नाइटमा सहभागि हुन रक–पप गायक दुर्गेश थापा यसै साता सिड्नी उत्रेका छन् । उनले यसैसाता ग्रानभिलमा आयोजित कार्यक्रममा आफ्नो प्रस्तुती दिदैछन् ।

त्यस्तै, अर्का पप–रक गायक सविन राईले शुक्रबारबाट डार्बिनदेखि आफ्नो सांगीतिक टुर सुरु गर्दैछन् । उनले सिड्नी, तास्मानिया, मेलबर्न, एडिलेड, पर्थ, ब्रिसबेन र क्यानबेरामा समेत आफ्नो प्रस्तुती दिने कार्यक्रम तय भएको छ ।

(Visited 41 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services