
सिड्नी । अस्ट्रेलियाका प्रतिपक्षी दल लिबरल पार्टीले आप्रवासीको सँख्या घटाउन सरकारले लिएको नीतिलाई अझ कडाई गनुपर्ने बताएको छ ।
गत डिसेम्बर पहिलो साता सरकारले जारी गरेको कडा नयाँ आप्रवासी नीतिले अस्ट्रेलियाको अहिलेको समस्या सम्बोधन नगर्ने भन्दै विपक्षी दलले नयाँ नीतिमा थुप्रै हेरफेर जरुरी रहेको जनाएको छ । विपक्षी दलका एक वरिष्ठ नेता एवम् छायाँ आप्रवासी मन्त्री ड्यान टेहानले आप्रवासीको सँख्या घटाउन नसके केहिबर्षमा अस्ट्रेलियामा ठुलो समस्या उत्पन्न हुने बताएका छन् ।

स्थानीय स्काई न्यूजसंग कुरा गर्दै छायाँ आप्रवासी मन्त्री टेहानले भनेका छन्, ‘वर्तमान सरकारको अदुदरर्शीताका कारण गतबर्ष अहिलेसम्मकै बढी आप्रवासी भित्रिए, त्यसैको परिणाम अहिले हाउजिङ देखि अन्य भौतिक संरचनामा देखिन्दैछन् ।’ उनले ग्रामिण अर्थतन्त्रलाई थप बलियो बनाउनका लागि ‘रिजनल जानुपर्ने’ यसअघिको नियमलाई प्रभावकारी ढँगले कार्यान्वयन गनुपर्नेमा जोड दिएका छन् ।
अस्ट्रेलियाले जारी गरेको नयाँ आप्रवासी नीतिमा आप्रवासीको सँख्या बार्षिक ३ लाख ६० हजारमा झार्ने उल्लेख छ । विपक्षी दलले समेत अझ कडाई गनुपर्ने आवाज उठाएपछि आगामी दिनमा विद्यार्थी भिषा देखि अन्य आप्रवासी भिषामा थप कडाई हुने संभावना बढ्दै गएको छ । अहिले पनि नेपाल लगायतका देशबाट दिईएका भिषा आवेदन अस्वीकृत हुने डर पनि ह्वात्तै बढेको छ ।
© 2025 All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By: HK Web Services