फेसबुक, मेसेन्जर र इन्स्टाग्राममा समस्या
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः9 months ago

काठमाडौं । मेटा मातहतका सोसल मिडिया प्लाटफर्म फेसुबक, फेसबुक मेसेन्जर र इन्स्टाग्राम विश्वभर नै अवरुद्ध भएका छन् । यो सँगै करोडौँ प्रयोगकर्ताहरुले यी प्लाटफर्ममा रहेका आफ्ना खातामा लगइन गर्न सकेका छैनन् ।

नेपाली समय अनुसार बेलुकी करीब ९ बजेतिर एक्कासी यी प्लाटफर्मका अकाउन्ट लगआउट भएका छन् । त्यसपछि लगइन गर्न खोज्दा पनि प्रयोगकर्ता सफल भएका छैनन् । फेसबुकको आन्तरिक श्रोतलाई उधृत गर्दै डेलीमेलले जनाए अनुसार यसअघि कम्पनीको आन्तरिक प्रणालीहरु पनि अबरुद्ध भएका थिए र सोही कारण विश्वभर नै मेटाका सोसल मिडिया प्लाटफर्महरु डाउन भएका हुन् ।

तथापि, विश्वभर फेसबुक र उसका भगिनी प्लाटफर्महरु एकसाथ अवरुद्ध हुनुको खास कारण चाहिँ हालसम्म खुलेका छैनन् । यसबाट मेटाका सोसल मिडिया साइटका एप तथा वेब दुबै भर्सन प्रभावित भएका छन् । मेटाकै अर्को प्लाटफर्म ह्वाट्सएप भने चलिरहेको छ । करिब एक घण्टा अवरुद्ध भएपछि फेसबुक, फेसबुक मेसेन्जर र इन्स्टाग्राम पुनस् सञ्चालनमा आएका छन् ।

(Visited 22 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services