सिड्नीमा नेपाली ड्राइभिङ लाइसेन्सले ६ महिना बढी सवारी चलाउन नपाउने
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः5 months ago

सिड्नी । अस्ट्रेलियाको न्यू साउथ बेल्स राज्यले अन्तराष्ट्रिय सवारीचालक अनुमतिपत्र (लाइसेन्स) लाई तत्काल अस्ट्रेलियन लाइसेन्समा परिर्वतन गर्न अल्टिमेटम दिएको छ ।

नेपाल, भारत, पाकिस्तान र चीनको नाम तोकेरै यी देशहरुबाट सिड्नी लगायत आसपासका क्षेत्रमा अन्तराष्ट्रिय लाइसेन्सले सवारीसाधन सञ्चालन गरिरहेका चालकहरुलाई तत्काल आफ्नो लाइसेन्स परिवर्तन गर्न कडा निर्देशन दिएको हो । अन्तराष्ट्रिय लाइसेन्सले सवारी सञ्चालन गरिरहेका डाईभरका कारण दुर्घटना बढेको भन्दै अस्ट्रेलियामा अन्तराष्ट्रिय लाइसेन्सलाई बन्द गनुपर्नेदेखि, नयाँ लाइसेन्स जारी गर्ने प्रक्रियामा समेत कडाइ गरिनुपर्ने आवाज बलियो हुदै आएको छ ।

राज्य सरकारले सर्वसाधारणको यहि मागलाई सम्बोधन गर्न अन्तराष्ट्रिय लाइसेन्सले ६ महिना मात्र सवारी सञ्चालन गर्न पाउने र त्यसपछि स्थानीय नियम अनुसार, लिखित र प्रयोगात्मक परिक्षा पास गर्नुपर्ने प्रावधान कार्यान्वयनमा ल्याएको छ । सोही नियमलाई कडाईका साथ लागू गर्न राज्य सरकारले अल्टिमेटम दिएको स्थानीय सञ्चारमाध्यम स्काइ न्यूजले जनाएको छ ।

‘६ महिना भन्दा बढी भयो तपाँईलाई ठुलो कारबाही हुनेछ, कि त परिक्षा पास गर्नुस्, कि त रोडमा सवारी नचलाउनुस्’ राज्य सरकारको भनाई उदृत गर्दै समाचारमा उल्लेख गरिएको छ । नेपाल लगायतका देशको लाइसेन्सले परिर्वतन गर्दा लिखित र प्रयोगात्मक दुबै परिक्षा दिनुपर्ने भएपनि जापान, सिँगापुर, जर्मनी अन्य युरोपियन देशहरुले भने सिधै लाइसेन्स प्राप्त गर्न सक्नेछन् ।

 

(Visited 101 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services