अस्ट्रेलियाको ग्रामिण भेगमा पनि कोठाको भाडा उच्च
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः7 months ago

सिड्नी । अस्ट्रेलियाको प्रमुख शहर मात्र होइन् ग्रामिण भेगमा समेत कोठा र घरको भाडा तीब्र गतिमा बढेको देखिएको छ । रियल स्टेट क्षेत्रमा काम गर्ने कोर लजिक्स रिजनल मार्केट अपडेटले सोमबार सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा ग्रामिण भेगमा सम्पत्तिको मुल्य बढ्दै जाँदा कोठा र घरको मुल्य पनि बढ्दै गएको देखाएको छ ।

कोर लजिक्सले मुख्य शहर भन्दा बाहिर ५० ग्रामिण क्षेत्रको तथ्यांक अध्ययन गरेको जनाएको छ । जसअनुसार, क्वीन्सल्याल्ड र वेस्र्टन अस्ट्रेलियाको ग्रामिण क्षेत्रमा गतबर्ष भन्दा सबैभन्दा धेरै ७.७ प्रतिशतसम्म भाडा बढेको उल्लेख छ । शहर क्षेत्रबाट मानिसहरु ग्रामिण भेगमा जाने क्रम बढेसँगै कोठाको माग र मुल्य बढेको भन्दै प्रतिवेदनमा यसले ग्रामिण अर्थतन्त्रलाई थप बलियो बनाउँदै लगेको जनाएको छ ।

घरजग्गा सम्बन्धि सम्पूर्ण विवरण र जानकारी दिने अधिकारिक वेभसाइट डिमेन डटकमको पछिल्लो तथ्यांक अनुसार, सिड्नीसँगै क्यानवेरा, पर्थ र ब्रिसबेनमा कोठाको भाडा सबैभन्दा महँगो रहेको छ, जहाँ औषत प्रतिहप्ता पाँचसय ६० देखि ७ सय ३० डलरसम्म कायम भएको छ । मेलर्वन र होवार्टमा तुलनात्मक रुपमा सस्तो भएको उल्लेख छ भने एडिलेड र डार्विनमा भने कोठा भाडाको मुल्य मध्यम रहेको देखिएको छ ।

(Visited 1,103 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services