अस्ट्रेलियामा कामदारको हप्ताको कमाइ दुई हजार डलर, विद्यार्थीलाई भने शुल्क तिर्नै हम्मे
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः2 years ago

सिड्नी । अस्ट्रेलियामा कामदारले साप्ताहिक रुपमा औषत करिब दुई हजार डलर कमाउने गरेको एक तथ्यांकले देखाएको छ । अस्ट्रेलियाको तथ्यांक विभागले गत बिहीबार सार्वजनिक गरेको एक तथ्यांक अनुसार, पूर्णकालीन कामदारले साप्ताहिक १८ सय ८८ डलर आर्जन गर्ने गरेको जनाएको छ ।

‘समग्रमा यो तथ्यांक गतबर्ष भन्दा ४.५ प्रतिशत र साप्ताहिक रुपमा ८१ डलरले बृद्धि भएको छ’ तथ्यांक विभागका अधिकारी बिरजोन जारभिसले भनेका छन्, ‘कोभिड महामारीपछि साप्ताहिक आम्दानीको अनुपात पनि बढ्दै गएको देखिन्छ ।’ महिलाको तुलनामा पुरुषले केहि बढी आम्दानी गर्ने भएपनि खाशै भिन्नता भने नरहेको बताईएको छ । तथ्यांक अनुसार खनिज तथा कोइला उत्खनन्को क्षेत्रमा काम गर्ने कामदारले सबैभन्दा बढी २९ सय ५२ डलर आम्दानी गर्दै आएका छन् ।

त्यसपछि दुरसञ्चार एवम् सूचनाको क्षेत्रमा कार्यरत कामदारले २४ सय ६ डलर, विज्ञान तथा टेक्नोलोजीको क्षेत्रमा काम गर्नेले २२ सय २३ डलर आर्जन गर्दा, सबैभन्दा कम अकोमोन्डेशन तथा फुड सर्भिसमा १३ सय ९७ डलर तथा रिटेलिङ क्षेत्रमा काम गर्नेले १४ सय ३५ डलर आम्दानी गर्दै आएका छन् । आम्दानीको अनुपात बढेपनि महँगी पनि सोही अनुपात बढेका कारण सर्वसाधारणको खल्तीमा पैशा बढ्न नसकेको अर्थविद्हरुले बताएका छन् । अन्तराष्ट्रिय विद्यार्थीहरुको हकमा भने हप्ताको २४ घण्टा मात्रै काम गर्न पाउने भएकोले उनीहरुलाई आफ्नो कलेज तथा क्याम्पसको शुल्क तिर्न समेत समस्या हुने गरेको छ ।

(Visited 3,623 times, 1 visits today)

थप पोष्टहरु

© 2025  All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By:  HK Web Services