अन्तराष्ट्रिय विद्यार्थीको अभाबमा अर्बौ रुपैयाँ गुमाउँदै अस्ट्रेलियाका विश्वविद्यालयहरु
प्रकाशित मितिः5 months ago
सिड्नी । अस्ट्रेलियाका विश्वविद्यालयलहरुले विद्यार्थीको अभावमा अर्बौ रुपैयाँ गुमाउन थालेका छन् । आप्रवासीको सँख्या अत्यधिक भएको भन्दै सरकारले नयाँ आप्रवासी नीति मार्फत विद्यार्थी भिषामा कडाई गरेपछि विगत छ महिना यता अस्ट्रेलियाका विश्वविद्यालयहरुले पर्याप्त मात्रामा अन्तराष्ट्रिय विद्यार्थी भर्ना गर्न पाएका छैनन् ।
आफ्नो विश्वविद्यालयमा अध्ययनका लागि अफर लेटर पठाईसकेका विद्यार्थीहरु सरकारी कडाईले आउन नसकेपछि पठनपाठनको कार्यतालिका समेत प्रभावित हुदै आएको विश्वविद्यालयहरुले जनाएका छन् । अहिलेसम्म विश्वविद्यालयहरुले एक सय मिलियन डलर गुमाइसकेको भन्दै चाल्र्स स्टुआर्ट युनिर्भसिटीकी सह–चान्सलर एवम् प्राध्यापक रेनी लिअनले अबस्था यस्तै रहे युर्निभसिटीहरुले बार्षिक तीन सय १० मिलियन डलर गुमाउने जानकारी दिएकी छन् । ‘यो अर्थव्यवस्थाकै लागि खतराको संकेत हो, विद्यार्थीको अभाबमा थुप्रै युर्निभसिर्टीहरुले सेमेस्टर घटाउन थालेका छन्,’ उनले भनेकी छन् ।
अन्तराष्ट्रिय विद्यार्थीहरु सहजै अस्ट्रेलिया प्रवेश पाउन नसकेपछि अस्ट्रेलियाका १६ वटा विश्वविद्यालयले केहि दिनअघि गृह मामिला मन्त्री र शिक्षा मन्त्रीलाई ध्यानाकर्षण पत्र पठाएका थिए । तर, उनीहरुबाट सकरात्मक जवाफ पाउन नसकेपछि विश्वविद्यालयहरु थप दबाबमा परेका छन् । अस्ट्रेलिया विभिन्न राज्यमा सञ्चालित विश्वविद्यालयका अतिरिक्त ति विश्वविद्यालयहरु मार्फत सम्बन्धन लिएर सञ्चालित क्याम्पस तथा कलेजहरु अझ चर्को समस्यामा पर्दै गएका छन् । अस्ट्रेलिया कुल बजेटमा अन्तराष्ट्रिय शैक्षिक क्षेत्रबाट बार्षिक ३० बिलियन भन्दा बढी योगदान रहँदै आएको छ, अर्थविदहरुले पनि अर्थव्यवस्थाको निकै ठुलो हिस्सा ओगटेको अन्तराष्ट्रिय शैक्षिक क्षेत्र प्रभावित हुदा त्यसले अन्य क्षेत्रमा समेत प्रभाव पार्दै जाने बताएका छन् ।
(Visited 3,051 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services