इन्डोनेसिया हुदै अवैध रुपमा अस्ट्रेलिया छिरेका नागरिकलाई फिर्ता पठाईने
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः2 years ago

सिड्नी । दुई दर्जन भन्दा बढी पाकिस्तानी र बंगलादेशका नागरिक डुंगा मार्फत इन्डोनेसिया हुदै अस्ट्रेलिया छिरेपछि यहाँको राजनिति दलहरु आरोपप्रत्योरोपमा उत्रेका छन् । हिन्दी र बँगाली भाषा बोल्ने दुई दर्जन नागरिक अवैध रुपमा डुगा मार्फत आइतबार दिउँसो वेस्र्टन अस्ट्रेलियाको विगल वे क्षेत्रमा उत्रिएका थिए । दुइ समूहमा आएका उनीहरुलाई स्थानीयले उद्दार गर्दै अस्ट्रेलियन बोर्डर फोर्सलाई खबर गरेका थिए ।

निकै दुर्गम क्षेत्रमा पर्ने उक्त क्षेत्रमा आदीबासी समुदायको वशोवाश रहेको यहाँ सरकारी सञ्चारमाध्यम एविसीले जनाएको छ । केहि समय यता अस्ट्रेलियाको विभिन्न दुगर्म क्षेत्रमा अवैध रुपमा डुगाँबाट मानिस आउने क्रम बढेको बताईएको छ । बोर्डर फोर्सको कडा सुरक्षा घेरा चिर्दै कसरी अवैध रुपमा मानिसहरु अस्ट्रेलिया प्रवेश गर्न सफल भए भन्दै यहाँको राजनीतिक पारो तातेको छ ।

विपक्षी दलका नेता पिटर दुटनले राष्ट्रिय सुरक्षाका सवालमा वर्तमान प्रधानमन्त्री सबैभन्दा कमजोर रहेको टिप्पणी गरेका छन् भने प्रधानमन्त्री एन्थोनी एलबनीजिले राष्ट्रिय सुरक्षाका विषयमा अनाआवश्यक राजनीति नगर्न विपक्षी दललाई चेतावनी दिएका छन् । डुगाबाट आएका ती नागरिकहरुलाई आवश्यक कानुनी प्रक्रिया पु¥याएर फिर्ता पठाइने सरकारी अधिकारीहरुले जनाएका छन् ।

(Visited 50 times, 1 visits today)

थप पोष्टहरु

© 2025  All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By:  HK Web Services