विद्यार्थी भिषामा कडाई गर्नु बाध्यता होः गृह मामिला मन्त्री
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः5 months ago

सिड्नी । अस्ट्रेलियाका गृह मामिला मन्त्री क्लियर ओनिलले अन्तराष्ट्रिय विद्यार्थीलाई अस्ट्रेलिया अध्ययनमा कडाई गर्नु बाध्यता भएको बताएकी छन् । पछिल्लो केहिबर्ष यता अत्यधिक मात्रामा आप्रवासी बढेको चर्चा गर्दै मन्त्री ओनिलले कडा आप्रवासी नीतिको कार्यान्वयनले धेरै क्षेत्रमा असर पार्ने भएपनि दीर्घकालमा देशलाई फाइदा पुग्ने उल्लेख गरेकी छन् ।

अन्तराष्ट्रिय विद्यार्थीको भिषा आवेदन अस्वीकृत दर उच्च हुदै गएको र भिषा प्रक्रिया समेत ढिलाई हुँदा शैक्षिक क्षेत्र नै समस्यामा परेको भन्दै १६ वटा विश्वविद्यालयले पठाएको ध्यानाकर्षण पत्रको जवाफमा गृह मामिला मन्त्री ओनिलले आप्रवासी नीतिको कार्यान्वयन गाह्रो भएपनि त्यसलाई स्वीकार गरेर जानुपर्ने बताएकी छन् ।

‘हामी यो अप्ठ्यारोबारे सरोकारवालाहरुसँग सहजीकरण गर्न सक्छौँ, तर सरकारको उद्देश्य स्पष्ट छ की हामी नयाँ आप्रवासीको सँख्या घटाउन चाहान्छौँ’, उनले भनेकी छन् । अस्ट्रेलियाले डिसेम्बर पहिलो साता अहिलेसम्मकै कडा आप्रवासी नीति जारी गर्दै कोभिड महामारी भन्दा अघिको अवस्था जस्तै बार्षिक ३ लाख ५० हजारको हाराहारीमा मात्रै आप्रवासी भित्र्याउने योजना बनाएको छ ।

उक्त नीति र इमिग्रेशन विभागको परिवर्तित प्रावधानहरुले छोटो अवधीमै उच्च शिक्षा अध्ययनका लागि अस्ट्रेलिया अप्लाइ गरेका विद्यार्थीको भिषा अस्वीकृत हुने दर २० प्रतिशतले बृद्धि भएको छ । विश्वविद्यालयहरुले अफर लेटर पठाएका अन्तराष्ट्रिय विद्यार्थीहरु समयमै अस्ट्रेलिया आउन नपाउँदा पठनपाठनमा भद्रगोलको अवस्था सिर्जना भएको र आर्थिक रुपमा निकै ठुलो नोक्सानी व्यहोर्नुपरेको जनाएका छन् । यो अवस्था कायमै रहे एकबर्षमा तीनसय दश मिलियन डलर भन्दा बढी आर्थिक गुमाउनुपर्ने भन्दै विश्वविद्यालयहरुले संयुक्त रुपमा गृह मामिला मन्त्री र शिक्षा मन्त्रीलाई ध्यानाकर्षण पत्र पठाएका थिए ।

(Visited 141 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services