
सिड्नी । अस्ट्रेलियामा बेरोजगारी दर, दुई बर्ष यताकै उच्च विन्दुमा पुगेको छ । तथ्यांक विभागले बिहीबार जारी गरेको जनवरी महिनाको प्रतिवेदनमा बेरोजगारी दर ४.१ प्रतिशत पुगेको जनाएको छ । ‘यो तथ्यांक सन् २०२२ पछि सबैभन्दा उच्च हो, बिदाको सिजन, बढ्दो बैंक व्याजदर र अन्य आन्तरिक कारणले जनवरीमा बेरोजगारी दर बढेको देखिएको छ, विभागको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
सन् २०२३ को डिसेम्बर महिनामा बेरोजगारी दर ३.९ प्रतिशत कायम थियो, यो अवधिमा २२ हजारले आधिकारिक रुपमा रोजगारी गुमाएका छन् । अर्थशास्त्रीहरुले रिर्जभ बैंकले पटक–पटक व्याजदर बृद्धि गर्दा त्यसको प्रत्यक्ष असर श्रम बजारमा देखिएको जनाएका छन् । बढ्दो व्याजदर र मुल्यबृद्धिका कारण रोजगारदाताहरुले कर्मचारी कटौती गर्न थालेको उनीहरुको भनाई छ । बजारमा रोजगारको अवसर सीमित बन्दै गएपछि खाश गरि अन्तराष्ट्रिय विद्यार्थीहरु प्रत्यक्ष मारमा परेका छन् ।
हप्ताको २४ घण्टा मात्र काम गर्न पाउने भएपनि, पछिल्लो समय उनीहरुले काम पाउनै संघर्ष गरिरहेका छन् ।संघीय सरकारका अर्थमन्त्री जिम चाल्मरले दरिलो अर्थव्यवस्था भएपनि निरन्तर बेरोजगारीको दर बढ्दै जानु चिन्ताको विषय भएको बताएका छन् । ‘गत सेप्टेम्बरमा बेरोजगारी दर ३.६ प्रतिशत थियो, अहिले ४ प्रतिशत पुग्नु निकै गम्भिर विषय हो’, उनले भनेका छन् ।
© 2025 All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By: HK Web Services