नेपाल, भारत र पाकिस्तानी विद्यार्थीको भिषा अस्वीकृत दर उच्च
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः2 years ago

सिड्नी । अस्ट्रेलियाको इमिग्रेशन विभागले, नेपाल, भारत र पाकिस्तानबाट विद्यार्थी भिषाका लागि दिएको आवेदनलाई निगरानी उच्च गरेको देखिएको छ । जसका कारण पछिल्लो डिसेम्बर र जनवरी महिनामा सबैभन्दा कम विद्यार्थी भिषा जारी भएको बताईएको छ ।

यी तीन मुलुकबाट विद्यार्थीका नाममा नक्कली कागजातहरु भेटिएपछि, विभागले नाम तोकेरै उच्च निगरानी बढाएको अन्तराष्ट्रिय शैक्षिक संघ अस्ट्रेलियाका अध्यक्ष फिल हनीउडले बताएका छन् । ‘विभागले पछिल्लो छ महिनामा जारी गरेको विद्यार्थी भिषाको तथ्यांकमा पनि नेपाल, भारत र पाकिस्तानबाट आवेदन दिएका विद्यार्थीको भिषा अस्वीकृत दर बढेको देखिएको छ’, उनले सञ्चारमाध्यमहरुलाई भनेका छन्, ‘अब यो सँख्या अझै बढ्नसक्छ ।’

छ महिनाको अवधीमा समग्रमा अस्ट्रेलिया अप्लाई गरेका विद्यार्थीको भिषा अस्वीकृत दर २० प्रतिशतले बढेको छ, जहाँ नेपालको सबैभन्दा बढी १६, भारतको १४ र पाकिस्तानको १३ प्रतिशत रहेको छ । तर, त्यसको ठिक विपरित चिनियाँ विद्यार्थीहरुले भने साविककै रफ्तारमा भिषा प्राप्त गरिरहेका छन् ।

बार्षिक ३ लाख ५० हजारको हाराहारीमा मात्रै नयाँ आप्रवासी भित्र्याउने लक्ष्य अनुसार, नै गत सेप्टेम्बरबाट इमिगेशन प्रणालीलाई कडा बनाउँदै लगेको अस्ट्रेलियाले डिसेम्बरमा नयाँ आप्रवासी नीति जारी गरेपछि अन्तराष्ट्रिय विद्यार्थीहरुले भिषा पाउन सकस हुदै गएको छ । सरकारी अधिकारीहरुले नयाँ नीतिले सरकारले निर्धारण गरेको लक्ष्य हासिल हुने संकेत देखा परेको बताउन थालेका छन् ।

(Visited 1,797 times, 1 visits today)

थप पोष्टहरु

© 2025  All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By:  HK Web Services