
सिड्नी । अस्ट्रेलियाको सिड्नीमा रहेका तीन वटा विश्वविद्यालयले नेपाली र भारतीय विद्यार्थीको सिओई (कन्र्फमेशन अफ इन्रोलमेन्ट) रद्द गर्न थालेपछि विद्यार्थीहरु तनाबमा परेका छन् ।
पछिल्लो केहिदिन यता युनिर्भसिटी अफ उलोङगन, ला ट्रोब युर्निभसिटी र इडेथ कोओन युनिभसिटीले अस्ट्रेलियामै रहेका विद्यार्थीहरुको समेत सिओइ रद्द भएको इमेल पठाइरहेका छन् । गृहमामिला मन्त्रालयले यी तीन विश्वविद्यालयलाई बास्तविक विद्यार्थी, दक्ष विद्यार्थीको भर्ना र विगतको विद्यार्थी भर्नाको रेकर्डका आधारमा न्यून रेटिङ दिदै सचेत गराएपछि विद्यार्थीहरुको सिओइमा व्यापक कडाई गरिरहेको, यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् ।
विश्वविद्यालयहरुले सिओइ प्राप्त गरेर भिषाको प्रतिक्षामा रहेका अस्ट्रेलिया भन्दा बाहिरका विद्यार्थीहरुलाई तत्काल भिषा निवेदन फिर्ता गर्न वा रद्द गर्न आग्रह गरेका छन् भने अस्ट्रेलियामै अध्ययन गरिरहेका तर, पटक–पटक कोर्स परिर्वतन गरेका, नियमित क्याम्पस नगएका र तोकिएका भन्दा बढी काम गरेका विद्यार्थीहरुलाई सिओइ रद्द भएको इमेल पठाइरहेका छन् ।
यसबाट सबैभन्दा नेपाली र भारतीय विद्यार्थीहरु मारमा परेका छन् । युनिर्भसिटीहरुले सिओइ यस्तोबेला रद्द गरिरहेका छन्, जतिबेला अस्ट्रेलिया भिषा अप्लाइ गरेका विद्यार्थीको भिषा अस्वीकृत दर पछिल्लो छ महिनामा २० प्रतिशतले बढेको छ । अस्ट्रेलियाले गत डिसेम्बर पहिलो साता कडा आप्रवासी नीति जारी गरेसँगै विद्यार्थीलाई मात्र नभएर कलेज तथा युनिर्भसिटीहरुलाई पनि कडा निगरानी गरिरहेको छ ।
© 2025 All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By: HK Web Services