सिड्नी । यदि तपाँईले अस्ट्रेलियामा सवारीसाधन चलाउनुहुन्छ भने तपाँईका लागि खुशीको खबर छ । अस्ट्रेलियाको संघीय सरकारले फ्युल इफिशेन्सी स्ट्यान्र्डड् लागू गर्ने भएपछि हरेक सवारीचालकले बार्षिक कम्तिमा १ हजार डलरसम्म पेट्रोल खर्च जोगाउन सक्नेछन् ।
उर्जा तथा जलवायु परिर्वतन सम्बन्धि मन्त्री क्रिस वओनले यसलाई महत्वपूर्ण कदमको रुपमा टिप्पणी गरेका छन् । ‘बद्दो महँगी नियन्त्रणका बीच सरकारले लिएको यस निर्णयले हरेक नागरिकलाई फाइदा गर्नेछ’, उनले भनेका छन् । विकसित मुलुकहरुले लामो समयदेखि यसलाई कार्यान्वयन गरिरहेको भएपनि अस्ट्रेलियामा भने विभिन्न कारणले रोकिदै आएको थियो ।
सन् २०२५ देखि लागु हुने यस प्रावधानले सवारीसाधनको आयु बढाउन मदत पुग्नुका साथै वातावरणमैत्री समेत हुनेछ । संघीय सरकारले सर्वसाधारणलाई यससम्बन्धि आफ्नो राय व्यक्त गर्न सार्वजनिक आब्हान समेत गरेको छ । यो प्रावधान कार्यान्वयनमा आए अस्ट्रेलियाले सन् २०५० सम्म १ सय विलियन डलर पेट्रोल खर्च जोगाउने प्रक्षेपण गरिएको छ ।
© 2023. All rights reserved. Designed By: HK Web Services