कोठाको भाडा अचाक्ली बढेपछि सिड्नीमा ट्रेन स्टेशनमा बास बस्ने बढ्यो
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः6 months ago

सिड्नी । कोठा र घरको भाडा अचाक्ली बढेपछि सिड्नीमा सडकपेटी र ट्रेन स्टेशनमा रात कटाउनेहरु बढ्दै गएका छन् । यहाँको सञ्चारमाध्यमहरुका अनुसार, पछिल्लो एक बर्षमा ट्रेन स्टेशनमा रात कटाउनेहरु ७ प्रतिशतले बढेका छन् भने सडकपेटीमा बस्नेको सँख्या ८ प्रतिशतले बृद्धि भएको छ ।

कोठा र घरको भाडा अस्ट्रेलियाभर सिड्नीमा सबैभन्दा महँगो रहेको छ, जहाँ औषत भाडा प्रति हप्ता ७ सय ५० डलरको हाराहारीमा छ । सडक र ट्रेन स्टेशनमा रात कटाउने केहिले घरको वैंक व्याज अर्थात (मोरगेज) तिर्न नसकेपछि विस्थापित भएको बताउने गरेका छन् भने अन्तराष्ट्रिय विद्यार्थीहरु समेत काम र पैशाको अभाबमा ट्रेन स्टेशनहरुमा रात बिताउन बाध्य भइरहेका छन् ।

खाशगरि बजार क्षेत्रका स्टेशनहरु अण्डरग्राउण्ड र टनेल समेत हुने भएकोले होमलेशहरुले विस्तारै त्यसलाई नै स्थायी सेल्टर बनाउने गरेको पाईएपछि यहाँको राज्य सरकारले उनीहरुलाई कसरी हुन्छ, पुर्नस्थापनाको योजना बनाएको छ । न्यु साउथ बेल्स राज्य सरकारका अर्थमन्त्री डानिल मोकीइले होमलेश रहित शहर बनाउन सबै गम्भिर बन्नुपर्ने बताएका छन् ।

सिड्नीमा बर्षेनी थपिने अन्तराष्ट्रिय विद्यार्थी र आप्रवासीको सँख्याको तुलनामा घर तथा अर्पाटमेन्ट निर्माण कार्य निकै सुस्त रहेकाले कोठा र घरहरुको अभाव बढ्दै गएको हो । संघीय सरकारले पनि हाउजिङ क्राइसिस अन्त्यका लागि तीब्रगतिमा घर निर्माण योजना अघि सारेको छ भने आप्रवासीको आगमनलाई कडा बनाएको छ ।

(Visited 59 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services