कडा आप्रवासी नीतिको प्रभाबः ६ महिनामा २० प्रतिशत भिषा अस्वीकृत
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः6 months ago

सिड्नी । अस्ट्रेलियाले पछिल्लो समय अंगीकार गरेको आप्रवासी नीतिका कारण विद्यार्थी भिषामा व्यापक कडाई हुँदा अन्तराष्ट्रिय विद्यार्थीको आवागमनमा ठुलो गिरावट आएको छ । अध्यागमन विभागले जारी गरेको सन् २०२३ को जुलाई देखि डिसेम्बरसम्मको तथ्यांक अनुसार, जम्मा १ लाख ३९ हजार १ सय ३२ विद्यार्थीले अस्ट्रेलिया प्रवेश पाएका छन्, जुन साविकको भन्दा करिब २० प्रतिशतले कमी हो ।

यदि, अवस्था यस्तै हुने हो भने, सन् २०२३–२४ मा सन् २०२२–२३ भन्दा ९१ ह्जार ७ सय १५ कम, विद्यार्थीले अस्ट्रेलियाको भिषा प्राप्त गर्नेछन् । अस्ट्रेलियाले तीन महिनाअघि जारी गरेको नयाँ इमिग्रेशन प्रणाली र डिसेम्बर पहिलो सातादेखि कडा आप्रवासी नीति कार्यान्वयनमा ल्याएको थियो । सोही कारण अन्तराष्ट्रिय विद्यार्थीको भिषा अस्वीकृत दर बढेको र निकै कमले भिषा पाउन सकेको विभागले जनाएको छ । यो अवधीमा सबैभन्दा बढी चिनियाँ विद्यार्थी अस्ट्रेलिया आएका छन् भने भिषा अस्वीकृत दर उच्च रहेपनि, भारत र नेपालबाट पनि उच्च सँख्यामा विद्यार्थीहरु अस्ट्रेलिया आउन सफल भएका छन् । तथ्यांक अनुसार, भारतको १४ र नेपालको १६ प्रतिशत भिषा अस्वीकृत भएका छन् ।

अन्तराष्ट्रिय शैक्षिक संघ अस्ट्रेलियाका सिइओ फिल हनीउडले सरकारी योजना अनुसार नै विद्यार्थीको सँख्यामा गिरावट आएको र त्यसले अस्ट्रेलियाले भोगीरहेको हाउजिङ क्राइसिस र भौतिक पूर्वाधारको दबाबलाई केहि राहत दिने बताएका छन् । अस्ट्रेलियामा गत आर्थिक बर्ष सन् २०२२–२३ मा सबैभन्दा बढी ५ लाख ७७ हजार २ सय ९५ विद्यार्थी भिषा जारी भएको थियो चालु आबमा यो सँख्या ३ लाख ८० हजारको हाराहारीमा कायम रहने अपेक्षा गरिएको छ ।

(Visited 51 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services