कडा आप्रवासी नीतिको प्रभाबः नेपाली विद्याथीको भिषा अस्वीकृत दर बढ्यो
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः6 months ago

सिड्नी । उच्च शिक्षा अध्ययन गर्न अस्ट्रेलिया अप्लाई गरेका नेपाली विद्यार्थीको भिषा अस्वीकृत अर्थात रिजेक्ट दर ह्वात्तै बढेको छ । पछिल्लो छ महिनामा, अघिल्लो आर्थिक बर्षको तुलनामा १६ प्रतिशत भन्दा बढी नेपाली विद्यार्थीको भिषा रिजेक्ट भएको अध्यागन विभागले जनाएको छ ।

हालै सार्वजनिक एक तथ्यांक अनुसार, नेपालको भिषा सफलता दर ६५.२ प्रतिशतबाट ४८.८ प्रतिशतमा झरेको छ, त्यस्तै भारतको ७४.२ प्रतिशतबाट ६०.८ प्रतिशतमा झरेको छ । तर, सबैभन्दा बढी विद्यार्थी आउने चीनको भने स्थिर अर्थात ९७ प्रतिशत नै कायम रहेको छ । तीन महिनाअघि जारी भएको नयाँ इमिग्रेशन प्रणाली र डिसेम्बर पहिलो सातादेखि लागु भएको कडा आप्रवासी नीतिका कारण अन्तराष्ट्रिय विद्यार्थीको भिषा रिजेक्ट दर बढ्दा, त्यसको मारमा नेपाली विद्यार्थीहरु पनि परेका हुन् ।

यो छ महिनाको अवधीमा, एकलाख ३९ हजार १ सय ३२ विद्यार्थी भिषा जारी भएको छ, जुन समग्रमा करिब २० प्रतिशत कम भएको अध्यागमन विभागका अधिकारीहरुको भनाई छ । यदि, अवस्था यस्तै हुने हो भने, सन् २०२३–२४ मा सन् २०२२–२३ भन्दा ९१ ह्जार ७ सय १५ कम, विद्यार्थीले अस्ट्रेलियाको भिषा प्राप्त गर्नेछन् ।

अन्तराष्ट्रिय शैक्षिक संघ अस्ट्रेलियाका सिइओ फिल हनीउडले विद्यार्थी भिषाका नाममा हुने छलकपट माथि सुक्ष्म अध्ययनले परिणाम पाउन थालेको र सरकारी उद्देश्य अनुसार नै चालु आर्थिक बर्षमा थोरै विद्यार्थीले अस्ट्रेलिया प्रवेश पाउने बताएका छन् । अस्ट्रेलियामा गत आर्थिक बर्ष सन् २०२२–२३ मा सबैभन्दा बढी ५ लाख ७७ हजार २ स ९५ विद्यार्थी भिषा जारी भएको थियो ।

(Visited 45 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services