सामाजिक सञ्जालबाट पीडित परिवारसँग फेसबुक मालिक जुकरबर्गको माफी
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः2 years ago

काठमाडौं । सामाजिक सञ्जाल कम्पनी फेसबुकमा मालिक मार्क जुकरबर्गले सामाजिक सञ्जालबाट पीडित परिवारसँग माफी मागेका छन् ।

मेटा कम्पनीका प्रमुख कार्यकारी निर्देशक जुकरबर्गले बुधबार अमेरिकी सदनमा भएको संसदीय सुनुवाइको क्रममा माफी मागेका हुन् । माफी माग्दै जुकरबर्गले भनेका छन्, ‘तपाईँहरुलाई जे भएको छ त्यसमा म माफी चाहान्छु । तपाईँहरुको परिवारलाई जस्तो कसैलाई पनि केही नपरोस् ।’

सामाजिक सञ्जाल फेसबुकमा यौन हिंसामा परेका तर अनलाइन यातना सहन नसकेर आफ्नो ज्यान दिएका परिवार तथा आफन्तहरुलाई जुकरबर्गले माफी मागेका हुन् ।अमेरिकी सदनको न्यानयिक समितिमा बुधबार जुबरबर्गको माफीको समाचार विश्वभर प्रकाशन गरिएको छ ।

रुसी विश्व च्यानल आरटीले पनि यसलाई प्राथामिकताकासाथ प्रकाशन गरेको छ ।रिपब्लिकन सांसद जो हलेले पीडित परिवारलाई नीजिरुपमा कुनै सम्बोधन गरेको भएको छ कि छैन भन्ने प्रश्नमा भने जुकरबर्गको त्यस्तो नभएको बताए ।

(Visited 27 times, 1 visits today)

थप पोष्टहरु

© 2025  All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By:  HK Web Services