महँगीको मार खेपिरहेका अस्ट्रेलियाबासीलाई राहत, मुल्यबृद्धि दुईबर्ष यताकै न्यून
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः6 months ago

सिड्नी । चर्को मुल्यबृद्धिको मार खेपिरहेका अस्ट्रेलियाबासीका लागि खुशीको खबर सार्वजनिक भएको छ ।

तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको मुद्रास्फितिको पछिल्लो तीन महिनाको तथ्यांकले यहाँको मुल्यबृद्धि ५.४ बाट ४.१ प्रतिशतमा झरेको छ, जुन दुईबर्ष यताकै सबैभन्दा न्यून हो । मुल्यबृद्धि नियन्त्रणमा आएसँगै अब हरेक अस्ट्रेलियनले दैनिक उपभोग्य बस्तुदेखि, लत्ताकपडा, फर्निचर देखि बैंक व्याजदरमा समेत राहत महसुस गर्नेछन् ।

चुनौतीपूर्ण अवस्थामा रहेको अर्थव्यवस्थालाई नियन्त्रणमा लिन सरकारले लिएका नीतिले मूल्यबृद्धि नियन्त्रणमा आएको अर्थमन्त्री जिम चाल्मरको भनाई छ । बढ्दो महँगीलाई नियन्त्रण गर्न सरकारले एकसाता अघि मात्र कर नीतिमा व्यापक हेरफेर गर्दै मध्यम आय भएकाहरुलाई फाइदा हुने नीति पारित गरेको छ । आगामी जुलाईबाट कार्यान्वयन यो नियमले धेरै भन्दा धेरै अन्तराष्ट्रिय विद्यार्थीहरु लाभाविन्त हुने समेत अपेक्षा गरिएको छ ।

(Visited 9 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services