प्रक्षेपण भन्दा ३० बर्षअघि नै अस्ट्रेलियाको जनसँख्या २७ मिलियन पुग्यो
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः6 months ago

सिड्नी । प्रक्षेपण गरिएको भन्दा ३० बर्षअघि नै अस्ट्रेलियाको जनसँख्या २७ मिलियन अर्थात दुई करोड सत्तरी लाख पुगेको छ । तथ्यांक विभागले सन् २००२ मा गरेको प्रक्षेपण अनुसार, सन् २०५४ मा मात्र, अस्ट्रेलियाको जनसँख्या २७ मिलियन पुग्ने देखाएको थियो ।

तर, पछिल्ला बर्षहरुमा अत्याधिक मात्रामा आप्रवासी भित्रिएका कारण, करिब तीनदशक अघि नै उक्त सीमा पार गर्न लागेको यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् । सञ्चारमाध्यमहरुका अनुसार, सन् २००२ को तुलनामा अहिले उच्च गतिले आप्रवासीको सँख्या बढेको छ । अस्वभाविक जनसँख्या बृद्धिले आर्थिक क्रियाकलापमा उल्लेख्य बृद्धि भएपनि, भौतिक पूर्वाधारको विकासमा सरकार माथि चुनौती थपिएको समाजशास्त्रीहरुको भनाई छ ।

कतिपय विकसित मुलुकमा जनसँख्याको बृद्धि स्थिर रहँदा, अस्ट्रेलिया भइरहेको बृद्धिले भविश्यमा व्यवस्थापनको चुनौत बढ्दै जाने उनीहरुको भनाई छ । संघीय सरकारले तीब्र जनसँख्या बृद्धिका बीच नयाँ बर्षदेखि कडा आप्रवासी नीति लागु गरेको छ, जसले बर्षेनी आउने आप्रवासीको सँख्या घटाउने अपेक्षा गरिएको छ ।

(Visited 9 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services