कोठाको चरम अभाब कम गर्न पाँच बर्षमा १२ लाख घर बनाउँदै अस्ट्रेलिया
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः8 months ago

सिड्नी । घर र कोठाको चर्को अभाव झेलिरहेको अस्टे«लियाले आगामी पाँच बर्षभित्र १२ लाख नयाँ घर निर्माण गर्ने महत्वकाँक्षी योजना अघि सारेको छ । संघीय सरकारले गत जुलाई महिनामा यससम्बन्धि निर्णय लिएपनि, अहिले निर्माण व्यवसायीहरुले भने, सरकारी योजना पुरा हुन नसक्ने बताउन थालेका छन् ।

एकबर्ष यता, अत्यधिक सँख्यामा आप्रवासी भित्रिएसँगै, अस्ट्रेलियाको हरेक शहरमा घर र कोठाको चरम अभाव भइरहेको छ भने मुल्य आकाशिएको छ । पछिल्लो एक तथ्यांक अनुसार, बजार क्षेत्रसँगै ग्रामिण भेगमा समेत २० प्रतिशत सम्म कोठा र युनिटको भाडा महँगिएको छ । संघीय सरकारले घर निर्माणलाई चुस्त गतिमा अघि बढाउन पाँच सय मिलियन डलरको सहायता कार्यक्रम पनि घोषणा गरिसकेको छ ।

यो अवधीमा, न्यू साउथ बेल्स, भिक्टोरिया, क्वीन्सल्याण्ड, वेस्र्टन अस्टेलिया लगायतका राज्यमा सबैभन्दा बढी घरहरु निर्माण गर्ने सरकारको योजना रहेको छ । तर, यहाँका निर्माण व्यवसायीहरुले भने, दक्ष कामदारको अभाव र बढ्दो बैंक व्याजदरका कारण सरकारी लक्ष्य हासिल गर्न समस्या हुने बताएका छन् । उनीहरुका अनुसार, अवस्था यस्तै रहने हो भने बार्षिक २ लाख ४० हजार घर बनाउनुपर्नेमा दुइ लाख घर पनि बन्न नसक्ने बताएका छन् ।

(Visited 26 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services