अस्ट्रेलियन राहदानी विश्वको आठौँ शक्तिशाली, नेपालको पनि सुधार
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः6 months ago

सिड्नी । यदि तपाँईले अस्ट्रेलियन पासपोर्ट अर्थात राहदानी बोक्नुभएको छ भने, तपाँईका लागि खुशीको खबर छ । हेन्ली पासर्पोट इन्डेक्सको पछिल्लो तथ्यांक अनुसार, विश्वको शक्तिशाली पासपोर्टको आठौ स्थानमा अस्ट्रेलियन पासर्पोट समावेश रहेको छ, जसबाट १ सय ८५ मुलुकमा फ्रि भिषा यात्रा गर्न सकिने उल्लेख छ । कुनैपनि देशको आर्थिक उन्नति, विकास तथा कुल ग्राहस्थ उत्पादनका आधारमा पासर्पोट कति शक्तिशाली भन्ने निर्धारण गरिन्छ ।

विगत पाँच बर्षदेखि जापानको पासपोर्ट विश्वको सबैभन्दा बढी शक्तिशाली रहदै आएको छ, जसबाट १ सय ९३ मुलुकमा सहजै यात्रा गर्न सकिन्छ । दोश्रो स्थानमा, सिँगापुर, तेस्रोमा दक्षिण कोरिया, चौथो स्थानमा र्जमनी रहेका छन् ।

नेपालमा भने यो सुचीमा ९८ औं स्थानमा रहेको छ, नेपाली राहदानीबाट ५५ देशमा फ्रि भिषा यात्रा गर्न सकिन्छ । नेपाली राहदानीले १ सय ४ स्थानबाट सुधार गर्दै ९८ औ स्थान कायम गरेको उल्लेख छ । विश्वको सबैभन्दा कमजोर पार्सपोट भने अफगानिस्तानको रहेको छ ।

(Visited 22 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services