मेलर्वनमा कोठा भाडा सबैभन्दा सस्तो, सिड्नीमा महँगो
✍ गोपाल छन्त्याल
प्रकाशित मितिः7 months ago

सिड्नी । नेपाली समुदायको बाक्लो वशोवाश रहेको अस्ट्रेलियाको प्रमुख शहर मेलर्वनमा कोठाको भाडा सबैभन्दा सस्तो भएको तथ्यांक सार्वजनिक भएको छ । घरजग्गा सम्बन्धि सम्पूर्ण विवरण र जानकारी दिने अधिकारिक वेभसाइट डिमेन डटकमले अस्ट्रेलियाको आठ शहरको औषत साप्ताहिक कोठा भाडा प्रकाशित गर्दा, मेलर्वन सबैभन्दा सस्तो देखिएको हो ।

मेलर्वनमा घरको भाडा प्रति हप्ता ५ सय ५० डलर र युनिटको पाँच सय २० डलर रहेको उल्लेख छ । तथ्यांक अनुसार, सिड्नीसँगै क्यानवेरा, पर्थ र ब्रिसबेनमा कोठाको भाडा सबैभन्दा महँगो रहेको छ । सिड्नीमा घरको ७ सय ३० तथा युनिटहरुको ६ सय ८० डलर, क्यानवेरामा घरको ६ सय ८० तथा युनिटको ५ सय ६०, पर्थमा ६ सय २० र ५ सय २०, ब्रिसबेनमा घरको ६ सय र युनिटको पाँच सय ६० डलर रहेको जनाईएको छ ।

मेलर्वनसँगै होवार्टमा पनि कोठा भाडा सस्तो देखाईएको छ,जहाँ प्रतिहप्ता युनिटको ४ सय ५० डलर रहेको छ । अस्ट्रेलियाको अर्को शहर एडिलेड र डार्विनमा भने कोठा भाडा मध्यम रहेको उल्लेख छ । एडिलेडमा युनिटको ४ सय ५० र डार्विनमा पाँच सय ४० डलर रहेको बताईएको छ । डिमेनका अर्थशास्त्री निकोल पावेलले बजारक्षेत्रसँगै ग्रामिण भेगमा पनि घर र युनिटको मुल्य बढेको बताएका छन् ।

(Visited 54 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services