
काठमाडौं । चालु आर्थिक वर्षको पाँच महिनामा ६ खर्ब १३ खर्ब २५ करोड रूपैयाँ रेमिटेन्स भित्रिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको साउनदेखि मंसिर महिनासम्मको तथ्यांक अनुसार गत वर्षको यो अवधिको तुलनामा २७.६ प्रतिशतले रेमिटेन्स बढेको हो। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २३ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह २४।५ प्रतिशतले वृद्धि भई ४ अर्ब ६२ करोड पुगेको छ।
अघिल्लो वर्ष यस्तो आप्रवाह १३.१ प्रतिशतले बढेको थियो।वैदेशिक रोजगारीमा जानेको संख्या भने उल्लेख्य घटेको देखिएको छ। अघिल्लो वर्षको पहिलो पाँच महिनाको तुलनामा नयाँ अन्तिम श्रम स्वीकृति लिनको संख्या मात्रै ६३ हजार २२४ जना कम रहेका छन्।
वर्ष २०८० को साउनदेखि मंसिरसम्ममा अन्तिम श्रम स्वीकृति ९संस्थागत तथा व्यक्तिगत–नयाँ० लिने नेपालीको संख्या एक लाख ७३ हजार ५५५ जना पुगेको छ। गत वर्ष यो अवधिमा दुई लाख ३६ हजार ७७९ जनाले स्वीकृति लिएका थिए। पुनः श्रम स्वीकृति लिनेको संख्या पनि घटेको छ। चालु वर्षको पाँच महिनामा एक लाख चार हजार ३७ जनाले पुनः श्रम स्वीकृति लिएका छन्।गत वर्ष पाँच महिनामा एक लाख १५ हजार ९४८ जनाले लिएका थिए।
© 2025 All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By: HK Web Services