अस्ट्रेलियामा कोठाको अभाव कम गर्न सरकारको विशेष योजना
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः7 months ago

सिड्नी । अन्तराष्ट्रिय विद्यार्थीहरुलाई चरम कोठाको अभाव देखिएपछि अस्ट्रेलियाको संघीय सरकारले घरजग्गा अर्थात रियल स्टेटको क्षेत्रमा ठुलो लगानी गर्ने घोषणा गरेको छ ।

आप्रवासीको सँख्या घटाउने उद्देश्य अनुरुप डिसेम्बर दोश्रो साता कडा नयाँ आप्रवासी नीति जारी गरेको सरकारले घर र कोठाको अभाव क्रमश कम हुदै जाने अपेक्षा लिएको छ । प्रधानमन्त्री एन्थोनी एलबनीजिले राज्य सरकारहरुसँग सहकार्य गरेर सबै ठाउँमा नयाँ घर तथा अर्पाटमेन्टहरु निर्माणका लागि सरकारले यसअघि नै पर्याप्त बजेट विनीयोजन गरिएको भन्दै त्यसलाई दु्रतगतिमा कार्यान्वयनमा लगिने बताएका छन् ।

नयाँ आप्रवासी नीति लागु भएपछि अन्तराष्ट्रिय विद्यार्थीको आगमनमा गिरावट आउन थालेको प्रधानमन्त्री एलबनीजिको भनाई छ । अन्तराष्ट्रिय विद्यार्थीको सँख्या अत्याधिक रुपमा बढेपछि एकबर्ष देखि सिड्नी, मेलर्वन, क्यानवेरा, ब्रिसबेन लगायतका शहरहरुमा कोठकाको चरम अभाव देखिएको भने, कोठाको भाडा झण्डै दोब्बर बढेको छ ।

 

(Visited 17 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services