२०२३ मा एक लाख पाँच हजार नेपाली अस्ट्रेलिया आए
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः10 months ago

सिड्नी । उच्च शिक्षा अध्ययन र रोजगारका लागि विदेशीने अधिकांश नेपालीहरुको रोजाईमा अस्ट्रेलिया परेका छन् । नेपालको अध्यागमन विभागले सन् २०२३ मा विदेश जाने नेपाली नागरिकको सँख्या जारी गर्दा, अस्ट्रेलिया छैठौ रोजाईको गन्तव्य बनेको जनाएको छ ।

यो अवधीमा, एक लाख पाँच हजार तीन सय ४३ जना अस्ट्रेलिया आएको, तथ्यांक विभागका महानिर्देशक रुद्रसिंङ तामाङले जानकारी दिएका छन् । यसरी अस्ट्रेलिया आउनेमा ८० प्रतिशत भन्दा बढी विद्यार्थी रहेका छन् । अस्ट्रेलिया आउने अधिकाँश नेपाली विद्यार्थीहरु न्यू साउथ वेल्स र भिक्टोरिया राज्यमा बस्दै आएका छन् । एकबर्षको अवधीमा संयुक्त अरब इमिरेट्स (युएई मा सबैभन्दा बढी दुई लाख ७१ हजार ८८ जना नेपाली गएका छन् । दोस्रो गन्तव्य मुलुक भारत र तेस्रोमा कतार रहेको छ । एक लाख ८० हजार नेपाली भारत र एक लाख ७९ हजार चार सय ४१ जना कतार पुगेका छन् ।

त्यस्तै, एक लाख ६५ हजार दुई सय एकजना मलेसिया पुगेका छन् भने एक लाख ३६ हजार दुई सय तीनजना साउदी अरब पुगेको तथ्यांक विभागले जनाएको छ । सातौँ प्रमुख गन्तव्यमा जापान छ, जहाँ ८२ हजार सात सय ७२ नेपाली गएका छन् त्यसपछि क्रमश संयुक्त राज्य अमेरिका, बेलायत लगायतका देश रहेका छन् । यी सबै देशगरि एकबर्षमा १६ लाख तीन हजार नेपाली अध्ययन र रोजगारका लागि विदेशिएको, तथ्यांक विभागले जनाएको छ ।

(Visited 20 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services