अस्ट्रेलियामा कामदारको तलब बढ्यो
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः2 years ago

सिड्नी । अस्ट्रेलियामा कामदारको तलब फेरि ४ प्रतिशतले बढेको संघीय सरकारले दाबी गरेको छ । तेस्रो त्रैमासिक अर्थात जुलाइदेखि सेप्टेम्बर महिनाको आर्थिक प्रतिवेदन जारी गर्दै संघीय सरकारका अर्थमन्त्री जिम चालमरले यस्तो दावी गरेका हुन् ।

यसअघि दोश्रो त्रैमासिक अर्थात अप्रिल देखि जुन महिनामा पनि सकरात्मक तवरले तलबबृद्धि भएको थियो । अर्थमन्त्री चालमरले सरकारले लिएको आर्थिक नीतिको प्रभावकारी कार्यान्वयनले महँगीका बीच तलबबृद्धिले आर्थिक सुचांकहरु सकरात्मक बन्दै गएको बताएका छन् ।

‘यो अवधीमा हामीले ४ प्रतिशत तलबबृद्धि भएको पाएका छौँ, आगामी तीन महिनामा यो तथ्यांक अझै सुधार हुनेछ’, उनले भने ।लेबर पार्टीको नेतृत्वमा नयाँ सरकार गठन भएपछि १५ बर्षयताकै तीब्र गतिमा तलबबृद्धि भएको भन्दै अर्थमन्त्री चालमरले शिक्षा, स्वास्थ्य र यातायातको क्षेत्रमा सरकारले थप लगानी गर्नुका साथै नयाँ रोजगारी सिर्जना गर्ने उद्योगधन्दालाई प्राथामिकता दिईने बताएका छन् ।

(Visited 25 times, 1 visits today)

थप पोष्टहरु

© 2025  All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By:  HK Web Services