अस्ट्रेलियामा तलबमा लैगिंक असामनता दर घट्दो
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः7 months ago

सिड्नी । लैंगिक समानतालाई विशेष महत्व दिने अस्ट्रेलियामा महिला र पुरुषले पाउने पारिश्रामिकको अन्तर कम हुदै गएको तथ्यांक सार्वजनिक भएको छ ।

लेबर पार्टीको नेतृत्वमा एकबर्षअघि सरकार गठन भएसँगै जेण्डर पे ग्याप २१ प्रतिशतबाट १३ प्रतिशतमा झरेको बताईएको छ । एउटै संस्थामा काम गर्ने महिला र पुरुषले फरक–फरक तलब पाउने व्यवस्था, अन्यायपूर्ण भएको भन्दै महिला मामिलामन्त्री केटी कालाघरले यसलाई फेब्रअरीबाट थप अनुगमन गर्ने बताएकी छन् ।

वर्तमान प्रधानमन्त्री एन्थोनी एलबनीजिको चुनाबी प्रतिबद्धता बमोजिम नै जेण्डर पे ग्याप, घट्दै गएको, यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् । कार्यक्षेत्रमा समान तलब सुविधा व्यवस्था गर्ने नीतिको सफल कार्यान्वयनले महिला अधिकारका सवालमा अन्य विकसित मुलुकहरुलाई पनि दबाब सिर्जना हुने बताईएको छ ।

(Visited 12 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services