सन् २०२३ मा ३५ हजार अस्ट्रेलियनले नेपाल भ्रमण गरे
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः7 months ago

सिड्नी । सन् २०२३ मा ३५ हजार भन्दा बढी अस्ट्रेलियनले नेपाल भ्रमण गरेका छन् । नेपालस्थित अस्ट्रेलियन दुवातासले सार्वजनिक गरेको तथ्यांक अनुसार, जनवरीदेखि नोभेम्बरसम्म ३५ हजार भन्दा बढी अस्ट्रेलियनले नेपाल भ्रमण गरेका हुन् ।

यो तथ्यांकमा नेपाली ओरिजिन अस्ट्रेलियनको सँख्या धेरै रहेको छ । कोभिड महामारीपछि नेपालमा पर्यटकको सँख्या बढिरहेको सन्र्दभमा अस्ट्रेलिया र न्यूजिल्याण्डबाट नेपाल घुम्न जानेको सँख्या पनि बढ्दै गएको छ । नेपालस्थित अस्ट्रेलियन दुतावासका कार्यबाहक हेड अफ मिसन, पल मेकिर्चनले नेपालको पर्यटकीय सुन्दरतामा रमाउन आउने अस्ट्रेलियनको सँख्या हरेक बर्ष बढ्दै गएको बताएका छन् ।

पछिल्ला बर्षहरुमा नेपालमा पर्यटनका लागि उत्कृष्ट वातावरण बन्देै गएको भन्दै उनले अन्नपूर्ण सर्किट पदमार्ग, हिमाल आरोहण र त्यस क्षेत्रमा पाइने आत्मिय सत्कारले पर्यटकलाई लोभ्याउने बताए । नेपाल पर्यटन बोर्डका अनुसार, नोभेम्बर महिनामा मात्रै विभिन्न राष्ट्रका १ लाख ८ हजार ६३० जना विदेशी पर्यटकहरू नेपाल घुम्न आएका थिए । त्यस्तै, सन् २०२३ को पछिल्लो ११ महिनामा ९ लाख १८ हजार ३०८ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

(Visited 16 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services