अस्ट्रेलियामा नेपाली विद्यार्थीहरूलाई पढाइभन्दा कामको ‘प्रेसर’
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः2 years ago

सिड्नी । अस्ट्रेलियामा विद्यार्थीहरूमाथि पढाइभन्दा कामको ुप्रेसरु बढ्न थालेको छ। जसका कारण विद्यार्थीहरूमा समस्या देखिन थालेको छ।यही साता मात्रा एक जना नेपाली विद्यार्थीले फेसबुक लाइभ गरी आफू डिप्रेसनमा भन्दै आत्महत्या गर्ने चेतावनी दिएका थिए।

एनआरएनए अस्ट्रेलियामा यो कुरा जानकारीमा आएलगत्तै प्रहरीले ट्र्याक गरी उनलाई उद्धार गरेको थियो।पछिल्लो समय विद्यार्थीहरूमा पढाइभन्दा कामको प्रेसर भएको यस्ता किसिमका समस्या देखिन थालेको एनआरएनए अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले बताए। ‘आत्महत्या गर्नुको साथै घरपरिवारबाट सम्पर्कविहीन भइदिने समस्या पनि विकराल बन्दै गइरहेको छु, अध्यक्ष पोखरेलले भने।

यहाँ ठूलो सपना बोकेर पढ्न आउने विद्यार्थीहरूले बसाइ, काम र पढाइलाई सन्तुलन गर्न सकेन भने निकै दबाबमा पर्ने गर्छन्। “महँगो पढाइ र कामको चाप अनि बसाइ र खानपिनको सन्तुलन नमिल्दा विद्यार्थीहरू मानसिक दबाबमा पर्ने अर्को कारण हो” उनी भन्छन्।

अर्कोतिर भने लागुपर्दाथ र जुवातासको कुलतले पनि केही नेपाली विद्यार्थीहरूलाई मानसिक तनावमा पारेको देखिएको उनी बताउँछन्।विगत वर्षहरूमा फर्केर हेर्ने हो भने डिप्रेसनको कारण करिब डेढ दर्जन नेपाली विद्यार्थीहरूले अस्ट्रेलियामा विविध कारण आत्महत्या गरेको तथ्यांकले देखाउँछ।

करिब ८० हजार नेपाली विद्यार्थीहरू अध्ययन गर्ने अस्ट्रेलियामा छोराछोरी पढ्न पठाएपछि ढुक्क हुने अभिभावकहरू पनि गम्भीर हुनुपर्ने बेला आएको एनआरएनका कोषाध्यक्ष अर्जुन गौतम बताउँछन्।

अस्ट्रेलियामा मनोरोगले धेरैलाई ग्रस्त पारेको छ। यसबाट नेपाली विद्यार्थी पनि प्रभावित हुन थालेका छन्। हुन त पछिल्लो दुई वर्षमा एनआरएन अस्ट्रेलियाले १३ जना नेपाली विद्यार्थीलाई मानसिक समस्याका कारण नेपाल पठाइसकेको छ। नेपालमै लागुपदार्थमा फसेका र यता सप्रिन्छन् भनेर पढ्न पठाएकाहरू झन् बिग्रेको अवस्था समेत देखेको ग्रानभिल नेपाली समाजका अध्यक्ष भीम बस्नेत बताउँछन्। (साभारः सेतोपाटी)

(Visited 39 times, 1 visits today)

थप पोष्टहरु

© 2025  All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By:  HK Web Services