अस्ट्रेलियामा बेरोजगारी दर बढ्यो, विद्यार्थीलाई काम पाउन झनै सकस
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः2 years ago

सिड्नी । उच्च शिक्षा अध्ययनका लागि नेपाली विद्यार्थीहरुको पहिलो रोजाईको देश अस्ट्रेलियामा बेरोजगारीको दर बढेको छ । सन् २०२२ को नोभेम्बर महिनामा ३.८ प्रतिशत रहेको बेरोजगारी दर सन् २०२३ नोभेम्बरमा ३.९ प्रतिशत पुगेको, यहाँको तथ्यांक विभागले जनाएको छ ।

एकबर्षको अवधीमा ०.१ प्रतिशतले बेरोजगारी दर बढेपनि, बजारमा विगतको भन्दा बढी रोजगारी सिर्जना भएको विभागको दाबी रहेको छ । बजारमा धेरै भन्दा धेरैले रोजगारी खोज्दा, विगतको तुलनामा बढी अवसर सिर्जना भएपनि, समग्र तथ्यांकमा बेरोजगारी दर बढेको, संघीय सरकारका अर्थमन्त्री जिम चाल्र्मरले बताएका छन् ।अस्ट्रेलिया आउने आप्रवासीको सँख्या उच्च रुपले बढेका कारण आगामी बर्ष बेरोजगारीको दर अझै बढ्ने र त्यसबाट अन्तराष्ट्रिय विद्यार्थीहरुलाई काम पाउन थप समस्या हुने प्रक्षेपण गरिएको छ ।

(Visited 28 times, 1 visits today)

थप पोष्टहरु

© 2025  All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By:  HK Web Services