भारतीय विद्यार्थीले अस्ट्रेलियामा अन्य भन्दा एकबर्ष बढी टिआर भिषा पाउने
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः7 months ago

सिड्नी । अस्ट्रेलियाले उच्च शिक्षा अध्ययन गर्ने भारतीय विद्यार्थीहरुलाई अन्य अन्तराष्ट्रिय विद्यार्थी भन्दा फरक व्यवस्था गरेको छ । जसका कारण अन्य मुलुकका विद्यार्थी भन्दा भारतीयहरुले एकबर्ष भन्दा बढी टिआर भिषामा बस्न र काम गर्न पाउनेछन् ।

वर्तमान सरकारले जारी गरेको नयाँ आप्रवासी नीतिमा टिआर भिषाको अवधी घटाउँदै दुई देखि तीन बर्षसम्म मात्रै कायम गरेको थियो । तर, एकबर्षअघि भारत र अस्ट्रेलियाबीच खुल्ला व्यापार सम्झौता भएका कारण भारतीय विद्यार्थीहरुलाई उक्त सुविधा प्रदान गरिएको संघीय सरकारले जनाएको छ । व्यापार सम्झौता अघिल्लो प्रधानमन्त्री स्कट मोरिसनको पालामा भएपनि, त्यसलाई वर्तमान सरकारले कार्यान्वयन गर्दै जनरल कोर्ष सकेर टिआर भिषा अप्लाई गर्नेलाई तीन र पिएडी सकेकाहरुलाई चार बर्ष काम गर्न दिने व्यवस्था सुनिश्चित गरेको छ ।

तर, अन्य मुलुक विद्यार्थीका हकमा जनरल कोर्ष सकेकाहरुलाई २ र पिएडी सक्नेहरुलाई तीन बर्ष टिआर भिषा प्रदान गर्नेछ । अस्ट्रेलियाको यहि विशेष व्यवस्थाले जनरल कोर्ष अन्तरगत मास्र्टस सकेका ४६ हजार र पिएडी गरिरहेका १८ सय भारतीय विद्यार्थीहरु लाभाविन्त हुने बताईएको छ।

(Visited 23 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services