अस्ट्रेलियाद्धारा कडा आप्रवासी नीति जारी, विद्यार्थीमाथि थप कडाई
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः8 months ago

सिड्नी । अस्ट्रेलियाले आप्रवासीको बार्षिक सँख्या २ लाख ५० मा झार्ने उद्देश्य सहित कडा आप्रवासी नीति जारी गरेको छ । सोमबार सार्वजनिक १० बर्षे आप्रवासी नीति, सन् २०२४को जनवरीबाट लागु हुनेछ । कोभिड महामारीपछि खुकुलो नीति र अनुगमनको अभावमा १० लाख भन्दा बढी आप्रवासी भित्रिएपछि हाउजिङ क्राइसीस र मुल्यबृद्धि बढ्नुका साथै श्रम शोषण बढेको भन्दै सरकारले विज्ञहरुको अध्ययन प्रतिवेदनको आधारमा नयाँ नीति जारी गरेको हो ।

जस अनुसार, विद्यार्थी भिषालाई थप कडाई गरिएको छ । अब अस्ट्रेलिया अप्लाई गर्न भाषा परिक्षामा ६ अंक ल्याएको हुनुपर्नेछ, यसअघि ५.५ ले भिषा पाउदै आएका थिए । अस्ट्रेलियामा रहेका विद्यार्थीहरु निश्चित कोर्षमा अध्ययन सकेर फेरि अर्को तल्लो तहको कोर्ष अध्ययन गर्ने र बर्षौसम्म अस्ट्रेलिया बसिरहने भन्दै त्यसलाई पूर्ण रुप बन्द गर्ने घोषणा गरेको छ, जसबाट १ लाख ५० विद्यार्थीले तत्काल नयाँ बाटो खोज्नुपर्नेछ । त्यस्तै, टिआर भिषा सकेपछि फेरि स्टुडेन्ट हुने र बर्षौ सम्म अस्ट्रेलिया बस्न पाउने नियमलाई कडा बनाउदै एक पटक टिआर भिषामा रहेपछि फेरि विद्यार्थी भिषाको निवेदन दिन नपाउने घोषणा गरेको छ । यहि दुई नियमले अस्ट्रेलियामा रहेका अन्तराष्ट्रिय विद्यार्थीहरु थप दबाबमा परेका छन् ।

प्रविधि, उर्जा र स्वास्थ्यको क्षेत्रलाई उच्च प्राथामिकताको क्षेत्र तोकेको अस्ट्रेलियाले यी क्षेत्रमा अध्ययन गर्ने विद्यार्थीहरुलाई केहि सहज हुने नीति लिएको छ । सरकारले घोषणा गरेको नयाँ आप्रवासी नीतिले हाउजिङ क्राइसीस, मुल्यबृद्धि, श्रमशोषणको समाधान हुदै उन्नत जीवन बिताउन मदत पुग्ने बताएपनि, विपक्षीहरुले यो नीतिले अस्ट्रेलियाको तत्कालिन समस्याहरु हल नगर्ने बताएका छन् ।

(Visited 26 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services