सिड्नीमा मास्क प्रयोगलाई अनिवार्य बनाउने तयारी
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः8 months ago

सिड्नी । अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यमा पछिल्ला हप्ताहरुमा कोभिड १९ को संक्रमण उच्च दरले फैलिएपछि, मास्क प्रयोगलाई अनिवार्य बनाउने तयारी भएको छ । यहाँका राज्य सरकारले स्वास्थ्य विज्ञहरुको सल्लाहमा स्थानीय काउन्सिलहरुसँग सहकार्य गरेर आवश्यकता अनुसार, मास्क प्रयोगलाई अनिवार्य बनाउने सम्बन्धमा निर्णय गर्न अधिकार प्रदान गरेको छ ।

क्रिसमस र नयाँ बर्षको पूर्वसन्ध्यामा संक्रमण फैलिएपछि स्थिति भयावह हुनसक्ने भन्दै स्वास्थ्य विज्ञहरु चिन्तित बनेका छन् । अहिले इलावारा सोल हेभन, काउन्सिलमा मास्क प्रयोगलाई कडाईका साथ लागू गरिएको छ, जसलाई अन्य स्थानहरुमा पनि लागु गर्ने तयारी भइरहेको, यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । कोभिड महामारीको अन्त्यपछि पहिलोपटक मास्क प्रयोगलाई कार्यान्वयनमा ल्याउँदा, सर्वसाधारणहरुबाट मिश्रित प्रतिक्रिया आएपनि, यो बाध्यता भएको विज्ञहरुको भनाई छ ।

सिड्नीमा अक्टोबर र नोभेम्बर महिनामा मात्रै १० हजार भन्दा बढी कोभिड १९ का संक्रमति भेटिएका छन् । सर्वसाधारणको अत्यधिक चाप हुने, बोन्डाई, लिभरपुल लगायतका सबबहरु कोभिडको इपिसेन्टर बन्दै गएका छन् । जनस्वास्थ्य अधिकारीले, मास्क प्रयोगलाई आफ्नो नागरिक कर्तव्यका रुपमा लिन र तत्काल भ्याक्सिन र बुस्टर लगाउन आब्हान समेत गरेका छन् ।

(Visited 14 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services