घरभाडा सिड्नीमा सबैभन्दा महँगो
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः8 months ago

सिड्नी । अस्ट्रेलियाको मुख्य शहर सिड्नीमा कोठाको भाडा सबैभन्दा महँगो रहेको एक अध्ययनले देखाएको छ । अन्तराष्ट्रिय विद्यार्थीको सँख्या उल्लेख्य रुपमा बढेसँगै अस्ट्रेलियाको प्रमुख शहरहरुमा कोठाको चरम अभाब भइरहेको सन्र्दभमा मक्वारी युर्निर्भसिटी गरेको एक अध्ययनले सिड्नीमा कोठाको मुल्य अहिलेसम्मकै उच्च रहेको देखाएको हो ।

सिड्नीमा अर्पार्टमेन्टल युनिटको २३.६ र रेशिडेन्शल युनिटको भाडा ४८ प्रतिशतले बढेको छ भने मेलर्वनमा २२.४, ब्रिशवेन, पर्थ र एडिलेडमा करिब १९ प्रतिशतले बढेको छ । यो बर्षको सुरुवात सम्म, सामान्यतया टु वेड रुम युनिटलाई प्रतिहप्ता चारसय ५० डलर को हाराहारी पर्ने भएपनि, अहिले ६ सय ५० भन्दा मुनि कोठा पाउनै मुश्किल भइरहेको छ भने अर्पाटमेन्टहरुको मुल्य झनै आकाशिएको छ ।

संघीय सरकारले यसलाई हाउजिङ क्राइसिस भन्दै, सिड्नीको विभिन्न सबबहरुमा नयाँ अर्पाटमेन्ट निर्माणलाई खुकुलो बनाउनुका साथै अनुगमन र सुपरिक्षवेणका लागि छुट्टै नीति ल्याउने तयारी गरेको छ ।

(Visited 17 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services